पुरानो जुत्ता ल्याउनुहोस्, नयाँ लिएर जानुहोस्

मे 2, 2013 at 3:35 अपराह्न टिप्पणी छोड्नुहोस्

काठमाडौं-मोटरसाइकल एक्सचेन्ज हुने कुरा तपार्इहरूलार्इ थाहै होला । तर अब नेपालमा मोटरसार्इकल मात्र होइन, जुत्ताको पनि एक्सचेन्ज सुविधा ल्याइएको छ । पुराना जुत्ता ल्याउनुहोस नयाँ लिएर जानुहोस् । एडिडासको नेपालका लागि आधिकारीक विक्रेता रुट्स फेशन प्रालीले बुधबारदेखि ‘ओल्ड सुज एक्सचेञ्ज’ योजना सार्वजनिक गरेको छ । योजना अन्तरगत ग्राहकहरुले पुराना जुत्ता ल्याएर एडिडासका नयाँ जुत्ता खरिद गर्दा १ हजार ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले राजधानीमा रहेका एडिडासका ९ वटा शो-रुममा योजना लागु हुने जनाएको छ । योजना झण्डै डेढ महिनासम्म सञ्चालन हुनेछ । संकलन भएका पुराना जुत्ताहरु कम्पनीले माइती नेपाललाई हस्तान्तरण गर्ने जनाएको छ । कम्पनीका अनुसार माइती नेपालले जुत्ताको समेत पहुँच नपुगेका गरिव तथा दिन दुखीहरुलाई संकलित जुत्ताहरु हस्तान्तरण गर्नेछ ।

Entry filed under: समाचार.

“टाउको झोलामा खुट्टा खोलामा बनाउँछु” भन्नेले माफी मागे साँघुरो भयो ‘कमल दह’

टिप्पणी छोड्नुहोस्

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031