भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तानसँग न्याय माग

मे 3, 2013 at 3:35 अपराह्न टिप्पणी छोड्नुहोस्

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले पाकिस्तानको थुनामा एकजना भारतीय नागरिकको हत्या भएको सम्बन्धमा पाकिस्तानसँग न्याय माग्नुभएको छ ।
भारतीय गुप्तचरको आरोपमा पाकिस्तानले लाहोर जेलमा राखिएका एकजना भारतीय नागरिक सरावजित सिंहको सोही जेलमा भएको झडपमा परी हत्या भएको हो ।
प्रधानमन्त्री डा सिंहले बिहीबार आफ्नो ट्वीटर एकाउण्टमा पाकिस्तानले एकजना भारतीय नागरिकको अनाहकमा जेलहाली जेलभित्रै हत्या गरेको भन्दै उनीप्रति न्यायका लागि सो माग गर्नुभएको हो ।
प्रधानमन्त्री डा सिंहले सरावजित एक महान भारतीय नागरिक रहेको पनि बताउनुभयो । उहाँले सो एकाउण्टमा भन्नुभएको छ- उनी भारत माताका एक महान छोरा हुन् ।
एकजना थुनुवाप्रति पनि पाकिस्तानले मानवीयता देखाउन नसकेको भन्दै प्रधानमन्त्री डा सिंहले यस्तो अवस्थमा आफूले पाकिस्तानका लागि न्यायका लागि स्मरण गराउन चाहन्छु भन्नुभएको छ ।
प्रधानमन्त्री सिंहले मारिएका सिंहको अन्त्येष्टिका लागि शव भारत ल्याउन आफुले पहल गर्ने आश्वासन पनि सो एकाउण्टमार्फ दिनुभएको छ ।
पाकिस्तानका विरुद्ध भारतलाई गुप्तचरी गरेको अरोपमा पाकिस्तानी सरकारले उनलाई करिब १६ वर्षघि पाकिस्तानी भूमिमा पक्राउ गरेको थियो ।
उनलाई गतहप्ता जेलभित्रैका अन्य थुनुवाहरुको झडपमा परी घाइते भएको भन्दै पाकिस्तानी प्रहरीले अस्पताल भर्ना गरेको थियो ।
उनको गएराति अस्पतालमै ज्यान गएको हो । सो समाचारलाई भारतीय सञ्चारमाध्यमहरुले नियोजितरुपमा उनको हत्या गरिएको भनी प्रचार गरिरहेका छन् ।
लाहोरको एक अस्पतालमा चिकित्सकले ती ४९ वर्षीय ती सिंहलाई शरीरका निकै ठाउँमा चोट पटक लागेको बताएका थिए ।
उनले ती नागरिकलाई बचाउन अस्पतालले निकै प्रयास गरेको भएपनि नसकिएको बताएका छन् । गत अप्रिलको २६ मा उनलाई राखिएको जेलमा झडप भएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा उनको शरीरमा धेरै घाउ लागेको थियो । विशेषगरी उनको टाउकोमा फलामे रड तथा इँटाले नै हिर्काएकोले उनको ज्यान गएको चिकित्सकहरुले बताएका छन् ।
सन् १९९० मा पाकिस्तानको एक बम काण्डमा उनको हात रहेको र उनले पाकिस्तानका विरुद्धमा गुप्तचरी गरेको आरोपमा पाकिस्तान सरकारले जेलमा राखेको थियो ।

Entry filed under: रासस.

विश्वमा हरेक वर्ष दुर्इ लाख सत्तरी हजार बटुवाको मृत्यु यसपालीको गोल्डेन वीक तपाईं कसरी मनाउन गईरहनु भएको छ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: