विश्वमा हरेक वर्ष दुर्इ लाख सत्तरी हजार बटुवाको मृत्यु

मे 3, 2013 at 3:29 अपराह्न टिप्पणी छोड्नुहोस्

जेनेभा, १९ वैशाख । हरेक वर्षविश्वका सडकमा दुर्इ लाख ७० हजार बटुवाको मृत्यु हुने गरेको जानकारी विश्व स्वास्थ्य सङ्गठनले बिहीबार दिएको छ भने यस संस्थाले यातायातका साधनका पक्षमा रही दशकौँसम्म बटुवाको सुरक्षामा ध्यान दिन नसकेको भनी आलोचना गरेको छ ।
विश्वमा हरेक वर्ष१२ लाख ४० हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने गरेको र त्यसमा २२ प्रतिशत बटुवा हुने गरेको संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यसम्बन्धी यस संस्थाले उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका घाउचोट निवारण विभागका प्रमुख एटिन क्रगले विश्वका सडकहरूमा प्रत्येक साता पाँच हजार बटुवाको मृत्यु हुनेगरेको र दशकौँसम्म गाडीहरूको पक्षमा बटुवाको आवश्यकतालाई ध्यान नदिइएकाले यस्तो भएको बताए ।

उनले बटुवाको सुरक्षित यात्रा तथा जीवनको सुरक्षालाई ध्यान दिइ यातायात प्रणाली तयार गर्ने विषयमा सोच्नुपर्ने बताए । सडक प्रयोगकर्तामा बटुवा सबैभन्दा जोखिममा परेको समूह रहेको यस संस्थाले उल्लेख गरेको छ ।
यससम्बन्धी एक प्रतिवेदनमा यसरी मर्ने बटुवामा पुरुषको सङ्ख्या उच्च रहेको देखिएको छ । विकसित मुलुकमा पाका उमेरका व्यक्तिले यस्तो जोखिम बोकेका र मध्यम आय भएका मुलुकमा बालबालिका तथा युवा सडक दुर्घटनामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सडक दुर्घटना बटुवा मर्ने दर अफ्रिकामा ३८ प्रतिशत रहेको छ भने दक्षिणपूर्वी एसियामा १२ प्रतिशत देखिएको छ ।

Entry filed under: रासस.

इन्टरड्यूसिङ्ग नाइटको लागि कलाकार आर्इपुगे भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तानसँग न्याय माग

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: