Archive for मे 4, 2013
नाचेको कम्मरै भाँचेको…..
गोर्खाली समाजको आयोजनामा टोकियोमा भएको इन्टरड्यूसिङ साँझमा नृत्य देखाउँदै जापानमा रहेका नेपाली कलाकारहरू ।
मन्त्रीको उपचारको लागि मगरसंघ जापानको आर्थिक संकलन अभियान

विवाहमा सहभागी हुन गएका युवक मासुको कराहीमा परेर जले
विवाहमा सहभागी हुन गएका कञ्चनरको झलारी-७ का २७ वषर्ीय ठगीबहादुर सार्की पाक्दै गरेको मासुको कराहीमा परेर जलेका छन् ।
गएराति पिपलाडी-८ मा विवाहमा सहभागी हुन गएका उनी मासुको कराहीमा खसेका थिए । टाउको तलको पूरै भाग जलेर उनको अवस्था चिन्ताजनक बनेको पीडित सार्कीकी आमा नारु सार्कीले बताउनुभयो ।
तत्कालै उपचारका लागि कोहलपुरको अस्पतालमा पुर्याइएको भएपनि त्यहाँ उपचार हुन नसक्दा उनलाई भारततर्फलगिएको छ ।
दुइ महिनाकी छोरी छाडेर महिला बेपत्ता
कञ्चनपुर-कञ्चनपुरको दैजी-४ बगुनकी २२ वर्षीय मनिषा महरा दुइ महिनाकी छोरी घरमै छाडेर बेपत्ता भएकी छिन् ।
उनी दुइ तोला सुन र केही नगदसहित तीन दिनअघि घरबाट बेपत्ता भएकी हुन् ।
भारतमा काम गर्न गएका श्रीमान् डम्बरबहादुर महरा घरमा पुगेको भोलिपल्ट नगद र गहनासहित उनी घर छाडेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो । उनी कुनै पुरुषसँग भागेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । मनिषा घरबाट बेपत्ता भएपछि घरमा रहेकी दुइ महिनाकी छोरीको विचल्ली भएको छ ।
श्रीमती बेपत्ता भएपछि छोरीलाई गाईको दूध मुखमा हालेर पाल्नु परेको डम्बर महराले बताए । उनका दुइ महिना र दुइ वर्षका दुइ छोरी रहेका छन् । मनिषाको खोजीका लागि डम्बरले इप्रका झलारीमा निवेदनसमेत दिएका छन् ।