दुइ महिनाकी छोरी छाडेर महिला बेपत्ता
मे 4, 2013 at 4:15 अपराह्न टिप्पणी छोड्नुहोस्
कञ्चनपुर-कञ्चनपुरको दैजी-४ बगुनकी २२ वर्षीय मनिषा महरा दुइ महिनाकी छोरी घरमै छाडेर बेपत्ता भएकी छिन् ।
उनी दुइ तोला सुन र केही नगदसहित तीन दिनअघि घरबाट बेपत्ता भएकी हुन् ।
भारतमा काम गर्न गएका श्रीमान् डम्बरबहादुर महरा घरमा पुगेको भोलिपल्ट नगद र गहनासहित उनी घर छाडेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो । उनी कुनै पुरुषसँग भागेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । मनिषा घरबाट बेपत्ता भएपछि घरमा रहेकी दुइ महिनाकी छोरीको विचल्ली भएको छ ।
श्रीमती बेपत्ता भएपछि छोरीलाई गाईको दूध मुखमा हालेर पाल्नु परेको डम्बर महराले बताए । उनका दुइ महिना र दुइ वर्षका दुइ छोरी रहेका छन् । मनिषाको खोजीका लागि डम्बरले इप्रका झलारीमा निवेदनसमेत दिएका छन् ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed