मन्त्रीको उपचारको लागि मगरसंघ जापानको आर्थिक संकलन अभियान
मे 4, 2013 at 10:21 अपराह्न टिप्पणी छोड्नुहोस्

पूर्व मन्त्री खपांगी केही दिन अगाडि मोटरसाईकलको ठक्करवाट घाईते हुनुभएको थियो ।
अन्नपूर्ण न्यूरो अस्पतालको आइसीयूमा उपचार गराईरहनु भएका पूर्व मन्त्री खपांगीको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको तर आईसीयू बाट कहिले बाहिर निकालिने हो भन्ने कुरा अझै थाहा नभैसकेको अबस्था रहेको छ । उहाँको उपचारार्थ दैनिक ठूलो रकम खर्च भईरहेको अवस्था रहेकोले मगर संघ जापानको पहलमा आर्थिक संकलन अभियान शुरु गरिएको जानकारी मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापामगरले दिनुभयो ।
विभिन्न पेशा, व्यवसायमा तथा संघसंस्थामा आवद्ध जापानवासी नेपालीहरूलाई आर्थिक सहयोग गरिदिनु हुन संघले अनुरोध गरेको छ ।
सहयोग गर्न चाहनुहुने संघसंस्था तथा महानुभावहरुले मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापा मगरको हुलाक वैंकको खाता नम्वरमा रकम जम्मा गरिदिनु हुन अनुरोध गरेको छ ।
タパサイレンドラビクラム
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed