मान्डवी र हेमन्तले नचाए टोकियोवासी नेपालीहरूलार्इ

मे 5, 2013 at 12:11 अपराह्न टिप्पणी छोड्नुहोस्

आज नागोयामा धमाका मच्चाउने

टोकियो-गोल्डेन वीकको अवसर पारेर गोर्खाली समाजले आयोजना गरेको “ईन्टरड्यूसिङ्ग साँझ” टोकियोमा सम्पन्न भएको छ । नेपालबाट आमन्त्रित गायकगायिका हेमन्त राना तथा मान्डवी त्रिपाठीका साथमा जापानको टोकियो क्षेत्रमा रहेका नेपालीहरुले यसपालीको गोल्डेन वीक सांगीतिक माहौलका साथमा नाच्ने, गाउने र रमाउने अवसर पाए ।
“फरक छ अरुको भन्दा, मेरो देश नेपालको झण्डा” बोलको राष्ट्रप्रेमको भाव झल्किएको गीतसँगै आफ्नो प्रश्तुती शुरु गरेका गायिका मान्डवी त्रिपाठीले पहिलोपटक जापान आएर दर्शकहरुको धेरै मायाँ पाउँदा आफूलाई निकै नै खुशी लागेको कुरा व्यक्त गरिन् । त्यसैगरी उनले नेपालीहरु संसारको जुनसुकै ठाउँमा गए पनि आफ्नो देश नेपाल, नेपाली र अरुको भन्दा भिन्दै खालको नेपालको झण्डालाई विर्सन नहुने कुराहरु पनि उनले सबै सामु राखिन । गायिका त्रिपाठीले कार्यक्रममा “तिमीले साथ छोडेपछि”, “मेरो वारुले कम्मर”, “ढल्क्यो ढल्क्यो मेरो जोवन”, “फूल थिए”, “सिम्पल सिम्पल कान्छीको” जस्ता आफ्ना लोकप्रिय गीतहरु गायकी थिइन ।
त्यसैगरी अर्का गायक हेमन्त रानाले पनि पहिलोपटक जापान आएर दर्शकहरुको माया पाएकोमा आफूलाई खुशी लागेको कुरा व्यक्त गरे । त्यसो त उनको भित्रभित्रै मन खिन्न पनि भएको थियो रे, विश्वयुद्ध ताका गोर्खालीहरुसँग लडाईं लड्दा हारेका जापनिजहरुले विकासको क्षेत्रमा गरेको विजयलाई देखेर उनको मन साह्रै खिन्न भएको कुरा व्यक्त गरे । “आज एउटा नराम्रो सपना देखें, सिंगो हिमाललाई चिरा पारिएको, लाली गुराँसलाई अन्तै कतै सारिएको” भन्ने मर्मस्पर्सी कविता सुनाएर आफ्नो प्रस्तुती शुरु गरेका रानाले नेपाली जनताहरु कठपुतली हुन त्यही कठपुतली मध्येको म पनि एक हुँ भन्ने भावको गीत गाएर नेपालका राजनैतिक अवस्थाप्रति पनि व्यङ्ग प्रहार गरेका थिए ।
त्यसैगरी कार्यक्रममा जापानमा भर्खरै स्थापित ड्रप अल व्याण्डको पनि प्रस्तुती रहेको थियो । साथै अमर गुरुङ्गले आफ्नो केही प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने एलिना लामा र देवी पुनले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गोर्खाली समाजको उद्देश्यहरुको ’boutमा पनि जानकारी दिईएको थियो । “हामी गोर्खाली, सबै नेपाली” भन्ने नाराका साथ जापानमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरुको साझा संस्था गोर्खाली समाजले जापानमा भएका नेपालीहरुको हकहितको लागि काम गर्ने साथै नेपालको विभिन्न क्षेत्रहरुमा रहेका दलित तथा गरीवहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा हातेमालो गरी अगाडि बढ्ने समाजको उद्देश्य रहेको कुराको पनि जानकारी गराइएको थियो । यस पटकको कार्यक्रमको उद्देश्य नवलपरासीको मुसीहारा गाउँमा रहेका दलितहरुको सहयोगार्थ रहेको कुरा पनि कार्यक्रममा जानकारी गराईएको थियो । त्यसैगरी समाजकै आयोजनामा आज मे ५ तारिक नागोयामा पनि कार्यक्रम हुन गईरहेको छ । त्यसको लागि कलाकारहरूको टोली नागोयाको प्रस्थान गरिसकेको कुराको जानकारी गोर्खाली समाजका अध्यक्ष कृष्ण घलेले दिनुभयो ।  टोकियोमा भएको कार्यक्रमको उद्घाटन गर्ने क्रममा समाजसेवी तथा कार्यक्रम संयोजक विजय थकालीले  रिवन काटेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गायक हेमन्त राना र गायिका मान्दवी त्रिपाठीलाई समाजको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा जापानमा रहेका विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । रामकृष्ण वम मल्लको सञ्चालमा भएको कार्यक्रममा मल्लले पनि आफ्ना केही लोक गीतहरु प्रस्तुत गरेका थिए ।

Entry filed under: जापान समाचार.

नाचेको कम्मरै भाँचेको….. फुनेसोले पहिलो पटक हाकाता दोन्ताकुमा सहभागीता जनायो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: