कहिल्यै नसुक्ने ताल सुक्यो

मे 8, 2013 at 10:22 अपराह्न टिप्पणी छोड्नुहोस्

बागलुङ, २५ वैशाख । बाह्रैमास पानीले भरिभराउ हुने यहाँको हीराताल ताल सुकेर बगरमा परिणत भएको छ । भकुण्डे गाविस-१, मा रहेको हीराताल अहिले वषर्ायाममा पनि राम्ररी पानी नअडिने अवस्थामा पुगेको छ । 
पर्यटकीय हिसाबले पनि महत्वपर्ूण्ा उक्त ताल सुकेपछि त्यसक्षेत्रको आर्कषण नै गुमेको छ । डेढसय मिटर लम्बाइ, ६० मिटर चौडाइ र पाँच मिटर गहिराइमा अवस्थित उक्त ताल संरक्षणमा स्थानीयवासी जुटे पनि तालको पानी सुकेर गएपछि गाउँलेहरू अचम्मित भएका छन् ।
ताल संरक्षणको क्रममा डोजरको प्रयोग गरेपछि सतह भासिएर पानी नरहने समस्या भएको सक्ने स्थानीयवासीको अनुमान छ । तीन वर्षघि तालको वरिपरि पर्खाल लगाउन र पोखरीको माटो झिक्दा डोजर लगाइएको भकुण्डे-२ का यम थापाले बताउनुभयो । ‘डोजर लगाएर काम गरिएकै सालदेखि पोखरीको पानी सुक्यो- थापाले भन्नुभयो ।
गाविसको बजेट, भूसंरक्षण कार्यालयको सहयोग र स्थानीयको जनश्रमदानबाट तालको संरक्षण कार्य हुँदै आएको थापाको भनाइ छ । हालसम्म करिब रु तीनलाख तालको संरक्षणमा खर्च भएको छ ।
थापाका अनुसार तीन वर्षेखि ताल सुक्दै आएको छ । वषर्ायाममा केही मात्रामा तालमा पानी जम्मा भए पनि त्यो छोटो समयसम्म मात्र टिक्ने गरेको उहाँ बताउनुहुन्छ ।
सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको उक्त ताल पर्यटकीय हिसाबले पनि आकर्ष मानिन्छ । गाविसकै उच्च भूभावमा रहेको उक्त तालमा हरेक वर्षबैकुण्ठ चर्तुदशीको दिन मेला लाग्ने गरेको भकुण्डे-१, का शिक्षक उमाकान्त शर्माले बताउनुभयो ।
‘हीरातालमा वर्षौंदेखि चतर्ुदशी मेला र बराहको पूजाआजा हुँदै आएको छ’ शर्माले भन्नुभयो ‘अहिले तालको पानी सुके पनि मेला त हुँदै आएको छ तर तालको शोभा पहिलेजस्तो छैन ।’ बर्सर्ेे त्यहाँ तोरण पनि तार्ने गरिएको शर्माको भनाइ छ ।
पर्यटकीय गाउँको रूपमा विकास हुँदै आएको भकुण्डेमा जाने जोकोही हीरातालको अवलोकनमा जाने गरेका छन् । उक्त स्थानबाट दर्जनौँ हिमशृङ्खलाको अवलोकनका साथै रमणीय भूभाग हर्ेन सकिन्छ ।
ताल नजिकैको गाउँलाई होमस्टेको रूपमा पनि विकास गरिएको छ । गाउँकै पहिचानको रूपमा रहेको हीराताल आजभोलि सुक्खा बगर जस्तो भएको देखेर स्थानीयवासी बेखुसी छन् । स्थानीय गणेश पौडेलले भन्नुभयो ‘पहिलेपहिले गाईवस्तुलाई पानी खुवाउने तालमा पानी सुकेपछि अहिले किसानले सास्ती खेप्नुपरेको छ ।’
खानेपानीको समस्या रहेको उक्त गाउँमा ताल सुकेपछि गाईवस्तुलाई पानी खुवाउन पनि टाढाबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था छ । तीनवर्षेखि तालमा पानी सुकेपछि ताल कुरूप र सुक्खा बन्दै गएको छ । रासस

Entry filed under: रासस.

हिमालयन साँझ सम्पन्न निजी विद्यालयका किताब एकैपटक पाइँदैन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: