निजी विद्यालयका किताब एकैपटक पाइँदैन
मे 9, 2013 at 1:01 अपराह्न टिप्पणी छोड्नुहोस्
रौतहट- निजी विद्यायलको पुस्तकहरु स्टेसनरी पसलमा पूरै नपाइने गरेको गुनासो अभिभावकको छ । विभिन्न कक्षाका किताब एकैपटक स्टेसनरी पसलमा नपाइने गरेका कारण अभिभावहरु समस्या परेका छन् ।
निजी विद्यालयको नयाँ शैक्षिकसत्र शुरु भएसँगै पुस्तक बजारमा किन्न जाँदा अपूरो दिने गरेका चन्द्रनिगाहपुरका अभिभावक मञ्जु कार्कीले बताउनुभयो ।
सदरमुकाम चन्द्रनिगाहपुर, गौर, गरुडामा रहेका स्टेसनरी पसलमा एकैपटक किताब नदिने र पछि दिने भन्दै अपूरो किताब बिक्री गर्ने गरेको अभिभावकले गुनासो गरेका छन् ।
स्टेसनरी सञ्चालकले भने पब्लिकेसनबाट नै अपूरो पुस्तक आएको र चाँडै नै अन्य पुस्तक आउने भन्दै पुस्तकहरु बिक्री गरेका छन् ।
समयमा नै सम्पूर्ण पुस्तक स्टेसनरी पसलले नल्याएका कारण अभिभावक मात्र नभई विद्यालयमा शिक्षक शिक्षिकासमेत पढाउन समस्यामा परेको बताउँछन् ।
यसैबीच रौतहटको ग्रामीण भेगहरुमा अहिले नाम मात्रको विद्यालय सञ्चालनमा छन् ।
गरिब र दलित परिवारका बालबालिकालाई लक्षित गरी खोलिएका यस्ता विद्यालय जिल्लामा मात्र तीन दर्जनभन्दा बढी छन् ।
शैक्षिक सामग्री बिना नै सञ्चालनमा रहेका यस्ता विद्यालय खेत, खोलाको किनार र आगनमा खर तथा परालले बनाइएका फुसका छाप्रामा विद्यालय सञ्चालन हुने गरेको छ ।
भौतिक पूर्वाधार विना नै दर्ता भएका दर्जनौँ प्राथमिक विद्यालयका विद्यार्थी जोखिम तथा कष्टसँग पढ्न बाध्य रहेका छन् । पाठय सामग्री बोकेर स्कुल जानुपर्ने केटाकेटी भुइँमा बस्नका लागि बोरा बोकेर स्कुल जाने गरेको छन् ।
जिल्लाको ब्रितीप्रष्टोका गाविसमा रहेका जनशक्ति प्रावि, माँ जगतारण प्रावि, लक्ष्मी प्रावि यस्तै कटहरिया गाविसमा रहेको देव प्रावि, नथुनी राय प्रावि, जन ज्योती प्राविलगायतको विद्यालयका छाप्रो भत्किने खतरा रहेको छ । विद्यालयमा शौचालय, पिउनेपानीको सुविधा समेत छैन ।
प्राथमिक तहसम्म पढाइ हुने लक्ष्मी प्राविको घेराबेरासमेत भत्किएको छ । बोरा नल्याउने विद्यार्थी भुइँमा बसेर पढ्ने गरेका छन् । जनशक्ति प्राविका शिक्षक राजकुमार साहले एउटै कोठामा चारवटै कक्षा सञ्चालन गर्ने गरेको बताउँछन् । चारकक्षासम्मका केटाकेटी एकै ठाउँमा राखेर पठाउँदा समस्या हुने गरेको शिक्षकहरु बताउँछन् ।
वर्षा यामको समयमा विद्यालयमा पानी जम्ने गरेका कारण विद्यालय लामो समयसम्म बन्द हुने गरेको अभिभावकहरुले बताएका छन् ।
विद्यालयमा छात्रवृत्ति रकम नपाउने गरेको, पुस्तक तथा अन्य शैक्षिक सामग्रीहरुको समेत अभाव नै रहेको विद्यार्थीले बताएका छन् ।
जिल्लामा नाम मात्रका विद्यालयहरु सञ्चालनमा भइरहँदासमेत जिल्ला कार्यालयलले अनुगमन नगरेको गुनासो अभिभावकले गरेका छन् ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed