Archive for मे 10, 2013

जन्ती बोकेको बसले ट्रकमा ठक्कर, पच्चीस घाइते

गौशाला-एक जन्ती बोकेका बसले रोकिराखेको ट्रकमा ठक्कर दिँदा बसमा सवार २५ जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेमध्ये रौतहट जिल्ला चन्द्रनिगाहपुर- २ बस्ने रामतलेवर यादव र सोही जिल्लाको पिपरा रजवास ७ बस्ने रामदेव दासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक भीष्म हुमागाईंले बताउनुभयो । हिजो अबेर साँझ धनुषाको जनकपुरबाट जन्ती बोकी रौतहट गइरहेको ना ४ ख ६१६५ नंको बसले बर्दिवासको भोला बसन्त चोकमा रोकिराखेको ना ३ ख २५०६ नम्बरको ट्रकमा ठक्कर दिँदा बसमा सवार घाइते भएका हुन् ।
घाइतेहरुको उपचार बर्दिवासस्थित विभिन्न अस्पताल तथा निजी क्लिनिकमा भइरहेको प्रहरीले बताएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरी निरीक्षक हुमागार्इंले बताउनुभयो ।

मे 10, 2013 at 1:09 अपराह्न टिप्पणी छोड्नुहोस्

ल हेर्नुस यो महंगो वाइक कुँदाउने के वेरोजगार होला ?

berojgariनेपालमा वेरोजगारको संख्या देशले थामीनसक्नुको छ । जता हेर्‍यो उत्तै, जो हेर्‍यो उही वेरोजगार । सानातिना काम त गरे पो पाइन्थ्यो त रोजगार । सानातिना काम आँखाले नदेख्ने ठूला ठूला काम दिमागले नभ्याउने अनि गर्ने के विदेश जाने । विदेश जान पनि पैसा चाहिने । नेपालमा साँच्चैको वेरोजगारहरु कसरी हुन्छ रोजगार गरौं भनेर लागि परेका छन । तर नक्कली वेरोजगारहरु कसरी अरुलाई दुःख दिने भनेर सोचिरहेका छन । वेरोजगारहरुले पनि वन्द गर्ने रे । साना तिना रोजगार गरेर जीविकोपार्जन गरेकाहरुलाई पनि काम गर्न नदिनको लागि नेपाल वन्द गरेर वेरोजगार बनाई आफूहरुको सदस्यता वढाउनको लागि त्यस्तो गरेको हो कि के हो – फोटो हेर्दा त साँच्चैको वेरोजगारी जस्तो त देखिंदैन । ल हेर्नुस् यति महंगो वाइक कुँदाउने के वेरोजगार होला ? यदि रोजगार नै चाहेको हो भने त्यो वाइक वेचेर सानो सानो चिया पसल गरे भैहाल्यो नि कि कसो साथीहरु ?

मे 10, 2013 at 12:09 अपराह्न टिप्पणी छोड्नुहोस्

नाइजेरियामा धार्मिक कट्टरपन्थी बन्दुकधारीले तेइस प्रहरीको हत्या गरे

कानो -नाइजेरियाको मध्यभागमा ओमबात्से धार्मिक समुदायका सदस्य रहेका बन्दुधकारीले प्रहरी अधिकारीहरूको एक समूहमा आक्रमण गरी २३ प्रहरीको हत्या गरेको र उनीहरूको शरीरमा आगो लगाएको जानकारी नासारावा राज्यका प्रहरी प्रमुख अबायोमी आकेरेमेल बिहीबार बताउनुभयो । 
उहाँले मङ्गलबार करिब ६० प्रहरीमाथि आक्रमण भएको उल्लेख गर्नुभयो । उहाँले थप १७ प्रहरी हालसम्म हराइरहेको पनि जानकारी दिनुभयो ।
उक्त आक्रमण नासारावामा भएको र यो नाइजेरियाको इसाइ धर्मावलम्बी बाहुल्य रहेको दक्षिणी भाग तथा इस्लाम धर्मावलम्बी बाहुल्य रहेको उत्तरी भागको बीचमा रहेको बताइन्छ ।

मे 10, 2013 at 11:55 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031