जन्ती बोकेको बसले ट्रकमा ठक्कर, पच्चीस घाइते

मे 10, 2013 at 1:09 अपराह्न टिप्पणी छोड्नुहोस्

गौशाला-एक जन्ती बोकेका बसले रोकिराखेको ट्रकमा ठक्कर दिँदा बसमा सवार २५ जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेमध्ये रौतहट जिल्ला चन्द्रनिगाहपुर- २ बस्ने रामतलेवर यादव र सोही जिल्लाको पिपरा रजवास ७ बस्ने रामदेव दासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक भीष्म हुमागाईंले बताउनुभयो । हिजो अबेर साँझ धनुषाको जनकपुरबाट जन्ती बोकी रौतहट गइरहेको ना ४ ख ६१६५ नंको बसले बर्दिवासको भोला बसन्त चोकमा रोकिराखेको ना ३ ख २५०६ नम्बरको ट्रकमा ठक्कर दिँदा बसमा सवार घाइते भएका हुन् ।
घाइतेहरुको उपचार बर्दिवासस्थित विभिन्न अस्पताल तथा निजी क्लिनिकमा भइरहेको प्रहरीले बताएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरी निरीक्षक हुमागार्इंले बताउनुभयो ।

Entry filed under: रासस.

ल हेर्नुस यो महंगो वाइक कुँदाउने के वेरोजगार होला ? घुम्ती शिविरमा अवरोध, झडपमा प्रहरीसहित ५ घाइते

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: