Archive for मे 16, 2013

जोमसोम विमानमा दुर्घटना, आठ जापानी यात्रु पनि

काठमाडौँ-जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा आज बिहान खसेको नेपाल वायुसेवा निगमको ट्वीनअटरमा आठ जापानी नागरिकसहित २२ जना यात्रु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका निमित्त महाप्रबन्धक ऋषिकेश शर्माका अनुसार दुर्घटना बिहान ८ बजेर ३३ मिनेट जाँदा भएको थियो । विमानमा १० नेपाली, एक नाबालक तथा ३ चालक दल सदस्य थिए । चालक दलका एक सदस्यसहित सात जना घाइते भएका र उनीहरुलाई उपचारार्थ पोखरा ल्याइँदै गरेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चार्टर उडानमा रहेको उक्त विमान पोखराबाट जोमसोमका लागि उडेको थियो ।

मे 16, 2013 at 5:31 अपराह्न टिप्पणी छोड्नुहोस्

जता पनि केटीहरू विज्ञापनमा

नेपालमा मात्र होइन संसारको जुनसुकै ठाउँमा पनि केटीहरूलाइ विज्ञापनमा प्रदर्शनको साधन बनाउनु साधारण कुरा रहेछ । यी केटीहरूले वोर्ड उचालेर वोर्ड देखाएका हुन् कि आफ्नो के जाति देखाएका हुन् ? केही बुझ्न सकिएन वावा । जे होस् तपाइ पनि हेरिहाल्नुस यो हट भिडियो ।

 

मे 16, 2013 at 1:00 बिहान टिप्पणी छोड्नुहोस्

सगरमाथामा एक विदेशी आरोहीको मृत्यु

everestसोलुखुम्बु-लोत्से हिमाल आरोहण गर्न गएका एक विदेशी आरोहीको रक क्लाइमिङ तालिम लिने क्रममा माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु भएको छ ।
बुधबार बिहान रक क्लाइमिङ तालिम लिन सगरमाथा आधार शिविरबाट लोत्से हिमालको फेदीमा जाँदा ढुङ्गा झरेर रुसी नागरिक एलेक्से बोलोटोभको मृत्यु भएको हो ।
लोत्से हिमाल आरोहण गर्न नेपाल आएका बोलोटोभको पासपोर्ट नं. ७२३२३१९७९ रहेको छ । पचास वर्षीय रुसी नागरिकको आरोहण टोलीमा चार सदस्य थिए ।
बोलोटोभको मृत्युपछि सगरमाथाको आधार शिविरमा रहेका सर्म्पर्क अधिकारीहरुले मुचुल्का उर्ठाई सम्बन्धित निकायमा जानकारी गराएको किताबसिं तामाङले जानकारी दिनुभयो ।
एलेक्से चोयू टे्रकिङ कम्पनीमार्फत इन्टरनेशनल एभरेस्ट साउथ वेष्ट एस्पिडिसन स्प्रिङ २०१३ टोलीले लोत्से हिमाल आरोहण गर्ने अनुमति पर्यटन मन्त्रालयबाट पाएको थियो । यो वर्षअहिलेसम्म सगरमाथा हिमालमा पाँच आरोहीको मृत्यु भइसकेको छ ।

मे 16, 2013 at 12:39 बिहान टिप्पणी छोड्नुहोस्

दबाबपछि पाए दलित बालबालिकाले भत्ता

खोटाङ-स्थानीय अगुवाको दवावपछि खोटाङ सदरमुकाम दिक्तेल-५ का दलित बालबालिकाले दलित भत्ता पाएका छन् ।
लामो समयदेखि गाविस सचिवले विभिन्न बहानामा भत्ता दिन आलटाल गर्दै आएको गुनासो आएपछि स्थानीय अगुवाहरुको दवावमा ६ बालबालिकाले भत्ता पाएका हुन् ।
आफ्ना बालबच्चासहित गाविसको कार्यालयमा गएका दलित परिवार प्रतिबालबालिका दुइ सय रुपैयाँका दरले भत्ता बुझेर फर्किएका छन् । गत असोजयता भत्ता पाउन नसकेका दलित बालबालिकाहरुलाई गाविसको कार्यालयमा बोलाएर सचिवलाई भत्ता दिन लगाइएको स्थानीयबासी एवम् नेपाल कम्युनिष्ट पार्टी खोटाङका सचिव मीनप्रसाद आचार्यले बताउनुभयो ।
कतिपय दलित अभिभावकलाई आफ्ना पाँच वर्षुनिका बालबच्चाले भत्ता पाउने कुरा थाहा नपाउँदा दलित बालबालिका सो भत्ता लिनबाट वञ्चित बनिरहेका आचार्यको भनाइ छ । दुइ रोपनीभन्दा कम जग्गा भएका र पाँच वर्षउमेर ननाघेका दलित परिवारका दुइजना बालबच्चाले मासिक दुइ सय रुपैयाँ भत्ता पाउने व्यवस्था छ ।

मे 16, 2013 at 12:38 बिहान टिप्पणी छोड्नुहोस्

घुम्ती शिविरमा अवरोध, झडपमा प्रहरीसहित ५ घाइते

सुर्खेत-मैनतडाको जहरेमा बुधबारदेखि सुरु भएको एकीकृत घुम्ती शिविरमा नेकपा-माओवादीले अवरोध पुर्‍याएको छ । घुम्ती शिविरको काम सुरु हुन बित्तिकै माओवादीका कार्यकर्ताहरुले नारा जुलुससहित ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र माओवादी कार्यकर्ताबीच झडपसमेत भएको छ ।
दश मिनेटसम्म भएको झडपमा २ प्रहरी र ३ माओवादी कार्यकर्ता घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले १६ राउन्ड अश्रुग्याँस हानेको थियो । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका सहायक हवल्दार मानबहादुर बुढा, जवान नरबहादुर आचार्य र माओवादी कार्यकर्ताहरु सहवीर महर, टेकबहादुर तिरुवा र रामबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । (धेरै…)

मे 16, 2013 at 12:35 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031