जोमसोम विमानमा दुर्घटना, आठ जापानी यात्रु पनि
मे 16, 2013 at 5:31 अपराह्न टिप्पणी छोड्नुहोस्
काठमाडौँ-जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा आज बिहान खसेको नेपाल वायुसेवा निगमको ट्वीनअटरमा आठ जापानी नागरिकसहित २२ जना यात्रु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका निमित्त महाप्रबन्धक ऋषिकेश शर्माका अनुसार दुर्घटना बिहान ८ बजेर ३३ मिनेट जाँदा भएको थियो । विमानमा १० नेपाली, एक नाबालक तथा ३ चालक दल सदस्य थिए । चालक दलका एक सदस्यसहित सात जना घाइते भएका र उनीहरुलाई उपचारार्थ पोखरा ल्याइँदै गरेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चार्टर उडानमा रहेको उक्त विमान पोखराबाट जोमसोमका लागि उडेको थियो ।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed