दबाबपछि पाए दलित बालबालिकाले भत्ता
मे 16, 2013 at 12:38 बिहान टिप्पणी छोड्नुहोस्
खोटाङ-स्थानीय अगुवाको दवावपछि खोटाङ सदरमुकाम दिक्तेल-५ का दलित बालबालिकाले दलित भत्ता पाएका छन् ।
लामो समयदेखि गाविस सचिवले विभिन्न बहानामा भत्ता दिन आलटाल गर्दै आएको गुनासो आएपछि स्थानीय अगुवाहरुको दवावमा ६ बालबालिकाले भत्ता पाएका हुन् ।
आफ्ना बालबच्चासहित गाविसको कार्यालयमा गएका दलित परिवार प्रतिबालबालिका दुइ सय रुपैयाँका दरले भत्ता बुझेर फर्किएका छन् । गत असोजयता भत्ता पाउन नसकेका दलित बालबालिकाहरुलाई गाविसको कार्यालयमा बोलाएर सचिवलाई भत्ता दिन लगाइएको स्थानीयबासी एवम् नेपाल कम्युनिष्ट पार्टी खोटाङका सचिव मीनप्रसाद आचार्यले बताउनुभयो ।
कतिपय दलित अभिभावकलाई आफ्ना पाँच वर्षुनिका बालबच्चाले भत्ता पाउने कुरा थाहा नपाउँदा दलित बालबालिका सो भत्ता लिनबाट वञ्चित बनिरहेका आचार्यको भनाइ छ । दुइ रोपनीभन्दा कम जग्गा भएका र पाँच वर्षउमेर ननाघेका दलित परिवारका दुइजना बालबच्चाले मासिक दुइ सय रुपैयाँ भत्ता पाउने व्यवस्था छ ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed