सगरमाथामा एक विदेशी आरोहीको मृत्यु

मे 16, 2013 at 12:39 बिहान टिप्पणी छोड्नुहोस्

everestसोलुखुम्बु-लोत्से हिमाल आरोहण गर्न गएका एक विदेशी आरोहीको रक क्लाइमिङ तालिम लिने क्रममा माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु भएको छ ।
बुधबार बिहान रक क्लाइमिङ तालिम लिन सगरमाथा आधार शिविरबाट लोत्से हिमालको फेदीमा जाँदा ढुङ्गा झरेर रुसी नागरिक एलेक्से बोलोटोभको मृत्यु भएको हो ।
लोत्से हिमाल आरोहण गर्न नेपाल आएका बोलोटोभको पासपोर्ट नं. ७२३२३१९७९ रहेको छ । पचास वर्षीय रुसी नागरिकको आरोहण टोलीमा चार सदस्य थिए ।
बोलोटोभको मृत्युपछि सगरमाथाको आधार शिविरमा रहेका सर्म्पर्क अधिकारीहरुले मुचुल्का उर्ठाई सम्बन्धित निकायमा जानकारी गराएको किताबसिं तामाङले जानकारी दिनुभयो ।
एलेक्से चोयू टे्रकिङ कम्पनीमार्फत इन्टरनेशनल एभरेस्ट साउथ वेष्ट एस्पिडिसन स्प्रिङ २०१३ टोलीले लोत्से हिमाल आरोहण गर्ने अनुमति पर्यटन मन्त्रालयबाट पाएको थियो । यो वर्षअहिलेसम्म सगरमाथा हिमालमा पाँच आरोहीको मृत्यु भइसकेको छ ।

Entry filed under: रासस.

दबाबपछि पाए दलित बालबालिकाले भत्ता जता पनि केटीहरू विज्ञापनमा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: