Archive for मे 17, 2013

परिवारका ३ सदस्य मारी आफूपनि मरे

चिवा-नेपालमा हत्या हिंसाको घट्ना हालैका दिनहरुमा अत्यान्तै बढेको पाइएको छ । हरेक दिन समाचारहरुमा एकले अर्कोलाई मारेको, ठगेको, वलात्कार गरेको घट्नाहरु छ्यापछ्याप्ती पढ्न पाइन्छ । त्यसो त नेपालमा मात्र होइन हालैका दिनहरुमा जापानमा पनि हत्या हिंसाका घटनाहरु बढिरहेको छ । यसैवीच जापानको चिवा प्रिफेक्चरका प्रहरीका अनुसार एकै परिवारका ४ जना सदस्यहरुको मृत लाश भेटिएको छ । प्रहरीले परिवारका सबै सदस्यहरुले सुसाइट गरेको शंका गरिएको छ ।
फुजि टेलिभिजनले दिएको जानकारी अनुसार मृतकहरुको लास विल्डिङ्ग म्यानेजरले फेला पारेको थियो । मृतकहरुमा दुइ जना परिपक्क उमेरको र दुइ जना केटाकेटीहरु रहेको जनाएको छ । दिउँसोको २ बजेतिर एक्कासी चार जनाको शव फेला पारेपछि उसले तुरुन्तै प्रहरीलाई खवर गरेको थियो । प्रहरीको घटनास्थलको निरीक्षण गरेपछि मृतकहरुमा सिनो नोनाका ३९ वर्ष उनको ४३ वर्षको श्रीमान, १२ वर्षीय छोरी आयाने, १० वर्षीय छोरा जुन्पेइ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुको घरको ढोका भित्रवाट बन्द गरिएको थियो । तसर्थ परिवारमा वावुले आफ्नो अन्य परिवारहरुलाई मारेर आफूले पनि आत्माहत्या गरेको प्रहरीले शंका गरेको छ ।

मे 17, 2013 at 7:57 अपराह्न टिप्पणी छोड्नुहोस्

गाउँले जीवन, मेरो विगत

gaule-jiban

कुनै दिन मेरो पनि यस्तै जीवन थियो । यस्तै विगत थियो । समयले मान्छेलाइ कहाँबाट कहाँ पुर्याउने रहेछ, अहिले यो जापानको व्यस्त जीवनमा आफूलाइ जवरजस्ती हराइरहेको छु । त्यो दिन जुगाघारीमा धान गोड्दै, साथीहरूसँग हाँस्दै खेल्दै हिंडेका दिनहरू अव सम्झनामा मात्र सिमित भइरहेको छ । तर याद आउँछ आजभोलि पनि अनि दगुर्दै गाउँ जान मन लाग्छ तर के गर्नु ? सोचेजस्तो हुन्न रैछ जीवन, जस्तो भोग्यो, उस्तै रैछ जीवन । तर जेहोस यो फोटो कसैले मलाइ फेसबुकमा पठाएको हो । जुन केही दिन पहिले मैले यस्तै गरी काम गरेको सपना देखेको थिएँ । तपाइलाइ पनि कस्तो लाग्छ ? यसो हेर्नुस् अनि केही बेर भावनामा बग्नुस् ।

मे 17, 2013 at 3:14 अपराह्न टिप्पणी छोड्नुहोस्

ठमेलमा आगलागी

काठमाडौँ-राजधानीको ठमेलस्थित फेसेस क्लबमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार सो क्लबमा गए राति १०:३० बजेबाट सुरु भएको आगलागी नियन्त्रणका लागि रातभर प्रयास भएको र अहिले ६:३० बजेसम्म ७० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तिनैवटै जिल्लाका अतिरिक्त त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट समेत दमकल झिकाएर सो आगो निभाउन प्रयोस भइरहेको छ । आगलागीबाट हालसम्म २० करोड मूल्यबराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रवक्ता पालले जानकारी दिनुभयो । आगो निभाउने क्रममा उपत्यकाभित्रका दुइ दर्जनभन्दा बढी खानेपानीका टयाङ्कर प्रयोग भइरहेका छन् । नेपाली सेना, सशक्त प्रहरी, नेपाल प्रहरीसहित स्थानीयवासीसमेत आगो निभाउनमा जुटिरहेका छन् । यससम्बन्धी पूर्ण विवरण आउन बाँकी नै छ ।

मे 17, 2013 at 2:00 अपराह्न टिप्पणी छोड्नुहोस्

दुर्घटनामा जापानिज नागरिक

मुस्ताङमा भएको जहाज दुर्घटनामा घाइते भएका जापानिज नागरिकलाइ उद्दवार गर्दै नेपाल प्रहरी ।

japanese-women

मे 17, 2013 at 1:53 अपराह्न टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031