गाउँले जीवन, मेरो विगत
मे 17, 2013 at 3:14 अपराह्न टिप्पणी छोड्नुहोस्
कुनै दिन मेरो पनि यस्तै जीवन थियो । यस्तै विगत थियो । समयले मान्छेलाइ कहाँबाट कहाँ पुर्याउने रहेछ, अहिले यो जापानको व्यस्त जीवनमा आफूलाइ जवरजस्ती हराइरहेको छु । त्यो दिन जुगाघारीमा धान गोड्दै, साथीहरूसँग हाँस्दै खेल्दै हिंडेका दिनहरू अव सम्झनामा मात्र सिमित भइरहेको छ । तर याद आउँछ आजभोलि पनि अनि दगुर्दै गाउँ जान मन लाग्छ तर के गर्नु ? सोचेजस्तो हुन्न रैछ जीवन, जस्तो भोग्यो, उस्तै रैछ जीवन । तर जेहोस यो फोटो कसैले मलाइ फेसबुकमा पठाएको हो । जुन केही दिन पहिले मैले यस्तै गरी काम गरेको सपना देखेको थिएँ । तपाइलाइ पनि कस्तो लाग्छ ? यसो हेर्नुस् अनि केही बेर भावनामा बग्नुस् ।
Entry filed under: साहित्य.
Trackback this post | Subscribe to the comments via RSS Feed