ठमेलमा आगलागी
मे 17, 2013 at 2:00 अपराह्न टिप्पणी छोड्नुहोस्
काठमाडौँ-राजधानीको ठमेलस्थित फेसेस क्लबमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार सो क्लबमा गए राति १०:३० बजेबाट सुरु भएको आगलागी नियन्त्रणका लागि रातभर प्रयास भएको र अहिले ६:३० बजेसम्म ७० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तिनैवटै जिल्लाका अतिरिक्त त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट समेत दमकल झिकाएर सो आगो निभाउन प्रयोस भइरहेको छ । आगलागीबाट हालसम्म २० करोड मूल्यबराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रवक्ता पालले जानकारी दिनुभयो । आगो निभाउने क्रममा उपत्यकाभित्रका दुइ दर्जनभन्दा बढी खानेपानीका टयाङ्कर प्रयोग भइरहेका छन् । नेपाली सेना, सशक्त प्रहरी, नेपाल प्रहरीसहित स्थानीयवासीसमेत आगो निभाउनमा जुटिरहेका छन् । यससम्बन्धी पूर्ण विवरण आउन बाँकी नै छ ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed