परिवारका ३ सदस्य मारी आफूपनि मरे
मे 17, 2013 at 7:57 अपराह्न टिप्पणी छोड्नुहोस्
चिवा-नेपालमा हत्या हिंसाको घट्ना हालैका दिनहरुमा अत्यान्तै बढेको पाइएको छ । हरेक दिन समाचारहरुमा एकले अर्कोलाई मारेको, ठगेको, वलात्कार गरेको घट्नाहरु छ्यापछ्याप्ती पढ्न पाइन्छ । त्यसो त नेपालमा मात्र होइन हालैका दिनहरुमा जापानमा पनि हत्या हिंसाका घटनाहरु बढिरहेको छ । यसैवीच जापानको चिवा प्रिफेक्चरका प्रहरीका अनुसार एकै परिवारका ४ जना सदस्यहरुको मृत लाश भेटिएको छ । प्रहरीले परिवारका सबै सदस्यहरुले सुसाइट गरेको शंका गरिएको छ ।
फुजि टेलिभिजनले दिएको जानकारी अनुसार मृतकहरुको लास विल्डिङ्ग म्यानेजरले फेला पारेको थियो । मृतकहरुमा दुइ जना परिपक्क उमेरको र दुइ जना केटाकेटीहरु रहेको जनाएको छ । दिउँसोको २ बजेतिर एक्कासी चार जनाको शव फेला पारेपछि उसले तुरुन्तै प्रहरीलाई खवर गरेको थियो । प्रहरीको घटनास्थलको निरीक्षण गरेपछि मृतकहरुमा सिनो नोनाका ३९ वर्ष उनको ४३ वर्षको श्रीमान, १२ वर्षीय छोरी आयाने, १० वर्षीय छोरा जुन्पेइ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुको घरको ढोका भित्रवाट बन्द गरिएको थियो । तसर्थ परिवारमा वावुले आफ्नो अन्य परिवारहरुलाई मारेर आफूले पनि आत्माहत्या गरेको प्रहरीले शंका गरेको छ ।
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed