रमाइलो नै भो जापानमा ट्रेन बन्दको बेलाको पैदल यात्रा

मे 18, 2013 at 4:05 अपराह्न टिप्पणी छोड्नुहोस्

photo (11)नेपाल भन्ने वित्तिकै हिमालको देश भनेर चिन्छन धेरै जापानीजहरुले । त्यसो त त्यति मात्रै होइन, यसको अलावा वन्द हुने देश भने पनि चिन्छन् । नेपालमा बन्द भन्ने वित्तिकै पैदल यात्रा गरेको याद आउँछ होला तपाईलाई पनि । अनि अर्को साइकल सिकेको, रोडमा फुटवल खेलेको । आजभोलि वन्द र क्रिकेट भने पनि सँगसँगै सम्झन्छन् नेपालीहरु । वन्दको बेलामा रोडमा क्रिकेटको अभ्यास गर्न पाएकोले अहिले नेपाली क्रिकेट स्तर हृवात्तै माथि उठेको रे । तर जे होस् आज जापानको वन्दमा पैदल यात्रा गर्नु पर्‍यो मलाई पनि । तर त्यो वन्द कुनै पनि राजनैतिक पार्टी राखेको जापान बन्द भने होइन । यो त ट्रेनको लाइनमा मान्छे आत्मा हत्या गर्न हाम्फालेर ट्रेन रोकिएकोले मेरो खुट्टाले दुःख पाएको हो । सायद जापानमा हुनुहुने साथीहरुलाई त थाहा नै होला । तर नेपाल लगायत अन्य ठाउँमा रहनुहुने साथीहरुलाई थाहा छ कि कुन्नी ? जापानमा प्रत्येक वर्षआत्मा हत्या गर्ने को संख्या करीव करीव ३० हजार जना छन् रे । यही मध्ये ट्रेनको लाइनमा हाम फालेर मर्नेको संख्या बढी रहेको छ ।
मर्ने त मरी हाल्यो तर गर्नेलाई गर्न दिनु पर्‍यो नि । के गर्ने आफू मरिहाले पनि परिवारलाई अनि जसको कारणले दुःख पाएका अन्यहरुले आत्माहत्या गर्नेको आत्मालाई शान्तिको कामना गर्लान त ? यो आज अफिस जान लाग्दा मेजिरो स्टेशन आउँदै थिएँ । सिन्जुकुमा जिनसिन जिको भन्यो अनि केही वेर रोकिएर थाकादानोवावा सम्म ट्रेन चल्यो । त्यसपछि म हिंडेर गएँ सिनओकुवोसम्म । तर रमाइलो नै हुने रहेछ जापान वन्द नभई जापानमा भएको ट्रेन वन्दको वेलाको पैदल यात्री ।
माथिको फोटो ट्रेन रोकिएपछि कता जाने, कसरी जाने, अनि जाने कि नजाने भनेर अलमल्लमा परेका यात्रुहरु ।
तस्वीर म आफै ।

 

Entry filed under: जापान समाचार.

परिवारका ३ सदस्य मारी आफूपनि मरे गोविन्द मैनालीको १५ वर्ष जेल जीवनको कथाव्यथा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: