गोविन्द मैनालीको १५ वर्ष जेल जीवनको कथाव्यथा

मे 23, 2013 at 11:56 बिहान टिप्पणी छोड्नुहोस्

हत्याको अभियोगमा जापानी जेलमा १५ वर्षभन्दा बढी बसेका गोविन्द मैनालीको विषयमा धेरैलाई थाहा हुनुपर्छ। यो घटनाको अर्को पाटो भने धेरैलाई थाहा नहुनसक्छ। थाहा भएकाहरुले पनि सार्वजनिक गरेका थिएनन्। अहिले भने उनी स्वयं यसलाई खुलासा गर्दैछन्। पढ्नुस्, आखिर परिबन्दको यो शृङ्खलाको सुरुवात कसरी भएको थियो ।

हामी काम र कोठा सर्ने क्रममा १९९६ को नोवेम्बरदेखि खासिया बिल्डिङको ४०१ नम्बर कोठामा बस्न थालेका थियौं। यो बिल्डिङ् सिबुया शहरको सिनसेन स्टेशन छेउमा थियो। यतिबेला अर्को एउटा संयोग पनि स्मरण गर्न चाहन्छु। खासिया बिल्डिङको कोठा हेर्न म, नरेन्द्र र उर्मिला दिदी सोम’bout छुट्टीको दिन पारेर गएका थियौं। बिल्डिङ मालिक ओजाकीले कान्तिपुर रेष्टुरेन्टका म्यानेजर मारुइमार्फत त्यो फ्ल्याटको चावी दिएका थिए। तर चाबी अर्कै कोठाको परेछ, मिलेन। “अब यत्ति त आइसकियो” भनेर नरेन्द्रले ढुङ्गाले छिस्किनीमा हानेर ढोका खोलेका थिए। त्यसरी खोल्दा सिसा फुटेर उनको हात रक्ताम्मे भएको थियो। मलाई त्यही दिनदेखि आफ्नो सपना बिग्रिने गरेको राम्ररी याद छ।

यो खासिया बिल्डिङमा कोठा पाउनुमा ओजाकी सानको ठूलो सहयोग छ। इन्द्र दाइको पुरानो चिनारु ओजाकीले बिल्डिङका खाली फ्लायटमा नेपालीहरुलाई भाडामा राख्ने गरेको थियो। तर आपसी विश्वासका भरमा भाडाका लागि मान्छे खोज्ने, भाडा उठाउने काम भने म आफैं गर्थें। यसैकारण साथीभाइसँग मिलेर म बस्ने कोठाका लागि चर्को भाडा तिर्नुपर्दैनथ्यो। नयाँ ठाउँमा उर्मिला दिदी, रमेश थापा, नरेन्द्र खड्का, मदन थापा, लिला रायमाझी, भीम रावल साथै बस्थ्यौं। यहाँ बस्न थालेको केही दिनमैं दिदी भने नेपाल फिर्नुभएको थियो। हाम्रो दैनिकी र कुदाकुद एवंरितमा चलिरहेको थियो।

एकदिन चिवा शहरको माहाराजा रेष्टुराँबाट काम सकेर कोठा फिर्ने क्रममा रातको १० बजेको हुँदो हो। सिनसेन स्टेशनकै आसपासको लभ होटल सामुन्ने बाटोमा एउटी केटी उभिरहेको देखें। त्यसतिर पुलुक्क हेर्नासाथ उसले टाउको हल्लाएको संकेत दिइ। त्यही बाटो भएर अघि बढ्ने क्रममा नजिकै पुगेपछि उसले सोधी। “इच्छा छ? एकपटक सेक्स गरेको एक मान” त्यो केटीले भनी।

म त्यसबेला अलिक कमै जापानी भाषा बुझ्थें। शायद उसले १० हजार येनमा एकपटक सेक्स भनेकी हुनुपर्छ। मैंले पनि मुल्य घटाएर “५ हजार येनमा हुन्छ?” भनी सोधें। कुरा मिलेपछि अक्सर केटीहरुले त्यही लभ होटलमा लैजाने गर्दा रहेछन्। तर मैंले कुरा मिलाएर केटीलाई हाम्रै कोठामा ल्याएँ। त्यसबेला रमेश पनि कोठामैं छ, लीला पनि छ। मैंले जीवनमा कहिल्यै नसोचेको र नकल्पेको काम त्यसबेला गरें।

 त्यस रातको केही दिनपछि त्यो केटी हाम्रो कोठामा आफैं आई। मैंले त्यो केटीलाई अर्कोपटकदेखि यसरी कोठामा नआउन’ भनें। ’cause त्यो उर्मिला दिदीको कोठा थियो। भरे दिदी आइहाल्नुभयो, थाहा पाउनुभयो भने बोर हुन्छ भन्ने मेरो मनसाय थियो। हुन त दिदी नेपाल गैसक्नुभएको थियो, तर एउटी पराइ केटी यसरी आफ्नो कोठामा खुरुखुरु आएको अवस्था त्यति मनखाने थिएन। नभन्दै त्यो केटी अर्कोपटक देखि कोठामा आइन पनि।

दिनहरु त्यत्तिकै बितेर गैरहेका थिए। बिहानदेखि बेलुकीसम्म कामको धपेडीले धेरैजसो रमाइला र मनलाग्दा क्षणहरु भुल्नुपर्ने अवस्था थियो। कहिलेकाँही केटी भेटिनु र क्षणिक आनन्दको हिसाबमा रमाइलोमा हराउनु बेग्लै कुरा थियो। त्यहीबेला फेब्रुवरी महिना लागेपछि उर्मिला दिदी नेपालबाट फिर्ने खबर आयो। अनि मेरा साथीहरुले आफ्ना लागि कोठा खोजिदिन आग्रह गरे। लिला, नरेन्द्रहरुले भनेपछि चिनजानका भरमा मैंले नयाँ डेरा खोज्न थालें। हामी बसेकै ओजाकी साहुको अपार्टमेन्टमा फ्ल्याट खाली छ भन्ने थाहा भएपछि हामी त्यही ठाउँ हेर्न गयौं। ओजाकीकै कान्तिपुर रेष्टुरेन्टमा गएर फ्ल्याटको चाबी ल्याएर हामी कोठा हेर्न गएका थियौं।

हामी बसेकै खासिया बिल्डिङ मुनिको फ्ल्याटमा १०१ नम्बर कोठा खालि रहेछ। एक महिनाको १० मान भाडा रहेछ। कोठा ठूलो थियो, तर अलिक महंगो मुल्य भएकाले त्यहाँ नबस्ने निधो भयो। कोठा हेरियो तर खाली कोठामा यत्तिकै छाड्दैमा के पो हुन्छ र भन्दै “लक” नगरी हामी त्यहाँबाट हिडेका थियौं। अरु कोठा खोज्ने वा बस्ने थातथलो पहिल्याउने काममा हामी जुटेकै थियौं।

फेरि अर्को रात त्यस्तै संयोग जुर्यो, उही लभ होटलको आसपासमा। त्यही फेब्रुवरीको १०र१२ तिर हुनुपर्छ, रातमा त्यसैगरी कामबाट फिर्दै गर्दा लभ होटलको छेउमा उही केटी एकाएक देखिई। फेरि संकेतमैं कुराकानी भयो। अब के गर्नेरु त्यही लभ होटलमैं गएपनि हुन्थ्यो। तर यस्ता केटीहरुले होटलका कोठामा एकदमैं फोहोर गर्ने भएकाले होटलले कोठा दिन नमान्दो रहेछ। त्यही कारण त्यस्ता केटीहरु बाटोतिर, अँध्यारो कुनो अथवा चेपचापतिर ग्राहक कुर्ने रहेछन्। कतिपय पटक त पार्कतिरै सेक्स गराउने रहेछन्। मैंले भने ”म आफू यस्तो पब्लिक ठाउँमा केही गर्न मन नपराउने र कि कोठा अथवा होटलमैं जानुपनेँ” बताएको थिएँ। उसले कोठा जान मानी। अस्ति भर्खरै कोठा हेर्न गएको मारियामोचो शिबुयाकुको १०१ नम्बरको चाबी पनि मैंसँग थियो।

उसलाई रातको ११ बजेतिर मैंले त्यो केटीलाई फ्लायटमा ल्याएँ। सबै झ्यालहरु खुल्लै थिए। बाहिरबाट बिजुलीको उज्यालो भित्र छिरेको थियो, सहबासमा त्यति उज्यालो पनि किन चाहिन्थ्यो ररु अनि काम सकेपछि उसले हतारहतार लुगा लगाई। उसको त्यो हतार म किन सम्झन्छु भने, केटाभन्दा केटीहरुको पहिरनको तौरतरिका फरक हुनाले लगाउन ढिलो हुने मैंले बुझ्दै आएको थिएँ। अर्कातिर मध्यरातको ट्रेन छुट्ला कि भन्ने हतारो पनि उसमा थियो। उसले मबाट ५ हजार येन लिइ र, हतारहतार नजिकैको सिनसेन रेल्वे स्टेशनतिर लागी। त्यहाँबाट झण्डै पाँच मिनेटको पैदलमा स्टेशन थियो। ऊ त्यतैतिर लागी। उसलाई मैंले ढोका लगाएर जा है भनेको थिए र, भनेको थिएँ-“ओयासुमिनासाइ’’ “गुड नाइट”

 उसले भनी-’हाइहाइ, वाकारिमासिता’।”लल”

 यति भनेर ऊ गइ। निकै जाडो मौसम थियो, मैंले डाउन ज्याकेट लगाएको थिएँ। फेरि रातमा थोरै समय भएपनि उभारेर रुममा पुगेर तातोपानीको बाथटबमा नबस्ने हो भने दिनभरको थकान मेटिन्नथ्यो। “बाथ टब”मा नबसी भोलीपल्ट काममा जानै मुश्किल हुन्थ्यो। म त्यो हतारोमा पनि थिएँ। माहाराजाबाट फिर्ने बेलामा अक्सर म साथमा तन्दुरी चिकेन, रोटी लिएर आउने गर्थे। रातमा कोठा पुगेर त्यही खान्थें।

फेरि दोस्रो पटक भने फेब्रुवरीको २८ तारिकको कुरा हो। रेष्टुराँ काम सकेर म राती ११ बजेतिर त्यहाँ आइपुगेको थिएँ। फेरि केहीबेर कुराकानी भयो र, त्यही कोठामा गयौं। सिनसेन स्टेशन नजिकै मारियामोचो शिबुयाकुको १०१ नम्बर कोठा थियो त्यो।

यसबेला अर्को एउटा सन्दर्भ सम्झन्छु म। माहाराजामा हसिम भन्ने भारतीय कुक थियो। उसले अक्सर पैसा ब्याजमा लगाउने गर्थ्यो। त्यो दिन भरखर तलब थापेको रहेछ। उसलाई त्यो ब्याजमा लगाउनु रहेछ। उसले मलाई १ मान९१० हजार येन० जबरजस्ती ब्याजमा लिइदिन थमाइदिएको थियो। त्यो पैसा मैंले साथैमा बोकेको थिएँ। मसँग चानचुन थिएन। शारीरिक मिलापपछि त्यो केटीलाई मैंले आफूसँग खुजुरा थोरै भएको, त्यसमाथि एक मानको नोट खमात्रै भएको सुनाएँ। उसलाई ५ हजार येन दिनुपर्ने थियो। उसँग पनि चानचुन रहेनछ। अनि मैंले पर्समा रहेको २ हजार येन दिंदै भनें-’अर्कोपटक बाँकी रकम मिलाउँछु, अहिले खुजुरा यत्ति छ।’

त्यो दिन भने मैंले ट्वाइलेटमा लगेर कन्डम फ्यालें। फ्लस गर्न खोजिहेरें, भएन। ँहोस है’ भन्ठानेर म त्यत्तिकै रुमबाट बाहिरिए। त्यसबेला केटी भने बाहिर गैसकेकी थिइ। त्यो फ्ल्याटबाट उत्रेर म आफ्नो रुम जान दायाँतिर लाग्नुपर्थ्यो भने त्यो केटी जाने सिनसेन रेल्वे स्टेशन बायाँतिर थियो।

अब एउटा अर्को संयोग र सन्दर्भ पनि यहाँ जोड्नैपर्ने हुन्छ। त्यो १०१ नम्बर कोठाको ढोका खुलै हुन्छ, त्यहाँ चावी लगाएको हुदैन भन्ने त्यो केटीलाई थाहा भैसकेको थियो। यही कोठामा दुइपटक आउँदा सरासर ढोका खुलेको उसलाई राम्ररी थाहा थियो। ऊ एक पेशेवर यौनकर्मी भएकाले मबाहेक अरु जोकोहीलाई लिएर यहाँ आएको हुन सक्ने अनुमान मैंले त्यसैबला गरिसकेको थिएँ। लभ होटलमा सहजै कोठा नपाउने र बाहिरी पार्कतिर असुरक्षित सेक्स हुने भएकाले यस्ता सुरक्षित कोठाको उपयोग उसले पक्कै गरेको हुनुपर्छ भन्ने मलाई लाग्छ। पार्क, सडक वा अँध्यारो गल्लीतिर ग्राहक खोज्दै हिंड्ने त्यस्ता केटीका लागि त्यो फ्ल्याट, त्यो कोठा आफैंमा ँसेफ’ ठाउँ थियो। यो कुरामा अझ बढी विश्वास मैंले पछि आफूमाथि समस्या आइपरेपछि मात्रै गरेको थिएँ।

त्यो केटी अलिक पातली थिइ, त्यति आकर्षक पनि होइन। सधैं रातमैं मात्रै देख्ने गरेकाले उसको अनुहारको सम्झना मलाई छैन। त्यो कुनै “अफिस लेडी” हो भन्ने कुरा त धेरै पछि मात्रै थाहा पाएको थिएँ। यस्ता “कलगर्ल” ले दिनदिनै रुप फेरिरहेका हुन्छन्। मैंले उसलाई भेट्दा कहिले “गोल्डेन” कपाल हुन्थ्यो भने कहिले “स्ट्रेट”। कहिले ह्याट लगाएकी हुन्थी भने कहिले लामो कपाल छाड्थी। त्यो कपाल पनि “विग” थिएछ पछि थाहा भयो।

यस्ता संयोगहरु जुटिरहन्थे। तर कुनै प्रेम, सद्भाव वा लगावका कारण जुटेका संयोगहरु यी थिएनन्। त्यही साजिसी अर्थात एक्लोपनाका बेला मन भुलाउने क्षणिक बाटाहरु यी थिए।

एवंरीतले दैनिकीहरु गुजि्ररहेका थिए।

 १९९७ मार्च १९ को रातमा म काम सकेर बासमा फर्किदा भने मैंले भिन्न अवस्थाको सामना गर्नुपरेको थियो। म फिर्दै थिएँ। आफू बसेकै फ्लायट नजिकै प्रहरीको चहलपहल देखें। बत्ती झिलिकझिलिक गरिरहेको गाडी पनि त्यहीं थियो। आसपासका मानिसहरुलाई प्रहरीले सोधपुछ गरिरहेजस्तो पनि देखियो। कुनै घरझगडा अथवा आपसी विवाद होला भनेर रात छिप्पिसकेको त्यो बेला म भने नजिकै पसलमा बोटल९चिया किन्दै चुपचाप आफ्नो कोठातिर लागें। तर म कोठामा पुग्न पाएको छैन, प्रहरीहरु त्यहीं पो आइपुगे।

अनि हामीमाथि पुछताछ सुरु भयो। को-को बस्छौ ?के गर्छौ ? कहिलेदेखि बसेकोरु कतिजना बस्छौरु पासपोर्ट कहाँ छरु भिसा छ कि छैनरु आदिआदि।

मैंले सहज भएर सबै कुरा भनें। प्रहरीले किन सोधपूछ गर्दैछ भनेर खुल्दुली भैरहेको थियो। तर उसले कारण भनिहालेको थिएन। मैंले पासपोर्ट आफूसँग नरहेको र दिदीका साथमा भएको बताएँ।

अब प्रहरीले यही कारण समस्यामा पार्छ भन्ने भैसकेको थियो। त्यसैले प्रहरीलाई प्रतिप्रश्न गर्न पनि सकेनौं। ँहामी फेरि आउँछौं’ भनेर प्रहरी फर्कियो।

अब के गर्नेरु राती नरेन्द्र र लीला ड्युटीबाट कोठा फर्केपछि हामीबीच गफगाफ भयो। काठमाडौं गएकी उर्मिला दिदीलाई फोन गरेर सल्लाह माग्ने निधो भयो।

दिदीले सुझाउनुभयो-’केही दिन त्यो कोठामा नबस। आसपास साथीहरुकहाँ गएर बस।’

कोठा छाड्नुअघि मैंले कोटको खल्तीमा श्रीमती राधा र आमा चन्द्रकलाको फोटो राखें। तत्कालै लिलाले काम गर्ने शिबुयाको क्याफे रेष्टुराँमा गयौं। मदन र रमेश भने उनीहरुकै साथीकहाँ गएजस्तो लाग्छ। नरेन्द्र, म, लिला भने लीलाको एउटा नेवार साथीकहाँ गयौं। साथी नरेन्द्रले पाएको जानकारीमा मिसिकोया भन्ने ठाउँको विक्लि मेन्सनमा १६ मान धरौटी राखेर बस्न पाइने थाहा पाएको रहेछ। निसिकोया क्षेत्रमा नेपालीको बसोबास अत्यधिक थियो। हामी त्यहीं पुग्यौं अनि पैसा र पासपोर्ट राखेर बस्न थाल्यौं।

मार्च २१ मा नरेन्द्रले खबर ल्यायो-’प्रहरीले हामीलाई अझै खोजिरहेको छ।’

यो स्थितीमा अन्यथा ठानेर भाग्नुभन्दा ँओभरस्टे’ भएका कारण “बढी भए देशफिर्ता जानुपर्ला” भन्ने ठहर गरेर हामी विक्ली मेन्सनबाट पनि निस्कियौं।

मार्च २१ मा मात्रै हामीलाई थाहा भयो- खिजुसो अपार्टमेन्टको १०१ कोठामा एउटी केटीको हत्या भएको रहेछ। हामीसँग त्यो फ्ल्याटको एउटा कोठाको चावी रहेको भनेर प्रहरीले खोजिरहेको छ भनेर पनि थाहा पायौं। खासमा त्यो चाबी र माथिको ९४०१ नम्बर० कोठाको दुई महिनाको भाडासहित मैंले मार्च ५ मैं बुझाइसकेको थिएँ। मैंले लिलामार्फत त्यो चाबी र पैसा मारुइ सानलाई दिन अह्राएको थिएँ।

विक्लि मेन्सनको फ्लयाटबाट निस्केर हामी सरासर सिबुयाको कान्तिपुर रेष्टुरेन्टमा पुग्यौं। र, म्यानेजर मारुइलाई सबै कुरा भन्यौं। हाम्रो अनुरोधमा उसले तत्कालै प्रहरी बोलाइदियो। लगत्तै बत्ती झिलिकझिलिक पादै पाँचछ वटा कारमा सादा पोशाकका एक हुल प्रहरी आए। नरेन्द्र, रमेश र म गयौं प्रहरीसँग। हामीलाई सिबिया चौकीमा लग्यो। जानासाथ हामी तीनजनालाई फरक-फरक कोठामा राख्यो। कोठाहरु ससाना थिए, सलाइको बट्टा जस्तै।

 त्यो सानो कोठीभित्र राखेपछि अरु साथीभाइको मलाई केही पत्तो भएन। उनीहरु चौकीमैं छन् कि छैनन्, त्यो पनि थाहा भएन। चौकीमा पुग्नासाथै मेरो डाउन ज्याकेट, प्यान्ट सबै खोल्न लगाइयो। अनि पातलो ट्रयाक सुटजस्तो र प्लास्टिकको चप्पल लगाउन दिइयो। लुगा फेरिसक्नासाथै बयान दिने अभियुक्त कोठामा लगियो। त्यहाँ लगेर मेरा सामु ब्वाइज कट कपाल काटेकी केटीको सादा फोटो राखियो। अनि सोधियो- यसलाई चिन्छस् कि चिन्दैनस ? किन हत्या गरिस ?

युवती हत्या, बलात्कारसहितका अनाहकको अभियोग खेप्दै १५ बर्ष ३ महिना ९१९९७ मार्च २३- २०१२ जुन १५ जापानी जेलमा बसेपछि मात्रै निर्दोष पुष्टी भएर घर फिरेका गोविन्दप्रसाद मैनालीको जेल जीवन र घटनाहरुको वृतान्त पुस्तक “परिबन्दका १५ वर्ष” बाट केही अंश। यो पुस्तक जेठ दोस्रो साता बजारमा आउँदैछ। पत्रकार देवेन्द्र भट्टराईको सहलेखनमा तयार भएको पुस्तक सांग्रिला बुक्सले निकालेको हो ।

Entry filed under: वर्गविहीन.

रमाइलो नै भो जापानमा ट्रेन बन्दको बेलाको पैदल यात्रा ८० वर्षे म्युराले सगरमाथा चुमे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: