८० वर्षे म्युराले सगरमाथा चुमे

मे 23, 2013 at 2:16 अपराह्न टिप्पणी छोड्नुहोस्

पाका आरोहीको कीर्तिमानी फिर्ता गर्न सफल

टोकियो-८० वर्षको उमेरमा सगरमाथा आरोहण गर्न गएका जापानी नागरिक यूइचिरो म्यूराले तेस्रोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् । जापानी समय अनुसार मे २३ तारिक १२ बजेर १५ मिनेट जाँदा ८ हजार ८ सय ४८ को उचाइमा पुगेका हुन् ।
यस अघि पनि ७० वर्ष र ७५ वर्षको उमेरमा २ पटक सगरमाथाको आरोहण गरिसकेका म्यूराको यो पटकको सगरमाथा आरोहण तेस्रो पटक हो । यसअघि ७५ वर्षको म्यूराको कीर्तिमानी नेपाली नागरिक मीनवहादुर शेरचनले ७६ वर्षको उमेरमा सगरमाथा सफल आरोहण गरी तोडेका थिए । यो पटक सगरमाथाको सफल आरोहण गरेपछि सबैभन्दा पाका उमेरमा सगरमाथाको आरोहण गर्ने कीर्तिमानी म्यूराले फेरि आफ्नै पोल्टामा पारेका छन् । यसअघि सञ्चार माध्यमहरुसँग कुराकानीको क्रममा ८० वर्षको उमेरमा सगरमाथाको आरोहण गर्ने आफ्नो सपनालाई साकार पारेरै देखाउने कुरा बताएका थिए ।
स्मरणरहोस, युइचिरो मिउराका बुबा केइजो मिउरा जापानका प्रख्यात स्की खेलाडि थिए भने उनका ४३ वर्षीय छोरा गोता मिउरा पनि फ़्रि-स्टाईल स्की खेलाडिका साथै आरोही पनि हुन् ।

Entry filed under: वर्गविहीन.

गोविन्द मैनालीको १५ वर्ष जेल जीवनको कथाव्यथा दुरा घाँटु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: