Archive for जुन 14, 2013

केटाकेटी बन्दा

आज केटाकेटीले झै डक्टर फिसको अनुभव गरें । जापानमा विशेषगरी अोनसेन जाँदा मनोरन्जनको लागि भनेर यस्ता ठाउँहरू पनि बनाइएको छ । हुन त यो वच्चाहरूको लागि बनाइएको हुनसक्छ । तर जापानमा ठूलै मान्छेहरूले पनि यो अनुभव गरेको पाइयो । माछाहरू राखिएको बट्टामा खुट्ट हालेर विजुलीबाट कुन्नी के लगाएपछि माछाहरूले खुट्टामा टेक्न आउने रहेछ । कता कता काउकुती लगाउने अनि चिलचिल गरी टोक्ने । रमाइलै अनुभव हुँदो रहेछ । तर पैसाको हिसावले १० मिनेटको ५०० येन लाग्ने महंगो नै लाग्यो । तर पहिलो पटक गरेको यो डक्टर फिसको अनुभव हेर्नुस भिडियो अनि तपाइ पनि यस्तो ठाउँमा गएको बेलामा अनुभव गर्न नभुल्नुहोला ।

जुन 14, 2013 at 6:56 अपराह्न टिप्पणी छोड्नुहोस्

घुमघामको बेला

आइतवार घुमघाम गर्न गएको बेला खिचेको भिडियो हो यो । एउटा सानो पोखरीमा अटाइ नअटाइ माछा र हाँस थिए अनि कछुवाहरू पनि । दर्शकहरूले चाहरा हालिरहेका थिए तर माछा र हाँसमा कुनै झगडा भएको थिएन । आफ्नो-आफ्नो अगाडि आएको खाना खाँदै थिए । मलाइ लाग्यो यो सानो पोखरीमा पनि कसरी मिलेर बसेका छन् । हाम्रा नेपालको नेताहरू एउटै पार्टीमा नअटेर पार्टी फुटालेका छन् फुटालेका छन् । त्यसैले जनावर तथा पंक्षीहरूबाट सिक्नु पर्नेछ नेपालका नेताहरूले कसरी मिलेर बस्न सक्नुपर्दछ भन्ने कुरा ।

जुन 14, 2013 at 6:07 अपराह्न टिप्पणी छोड्नुहोस्

गुल्मेलीको अधिवेशनको तयारी पूरा

टोकियो- ‘आफ्नो जिल्ला, आफ्नो गाऊँ, हामी सबै मिली बनाऔं’ भन्ने मूल नाराका साथ गुल्मी जिल्लाबाट जापान आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुल्मेलीहरुको समाज “गुल्मेली समाज जापान”ले यही जून १६ तारिख आईतवारका दिन गर्न गइरहेको दोश्रो अधिवेशन तथा घोषणा सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख चन्द्र भन्डारी रहनुहुनेछ भने विशेष अतिथिमा नेपाली दूतावास जापानका राजदूत डा. मदनकुमार भट्टराइको उपस्थित रहने जनाइएको छ । अधिवेशनमा उपस्थित हुनको लागि जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधहरू, अन्य पेशा तथा व्यवसायसँग आवद्ध सबै गुल्मेली तथा नेपालीहरूलाई निमन्त्रणा गरिसकिएको तर कुनै कारणवश निमन्त्रणा प्राप्त गरिनसक्नुभएका महानुभावहरूलाई पनि यसै समाचारलाई निमन्त्रणा मानेर उपस्थित भईदिन पनि अनुरोध गरेको छ ।
सोही अवसरमा वामी सेवा समितिको होमपेज (वेभसाइट) को पनि उद्घाटन गर्ने कार्यक्रम रहेको समितिले बताएको छ ।

जुन 14, 2013 at 5:56 अपराह्न टिप्पणी छोड्नुहोस्

खाद्यान्न समस्या हुने जिल्लामा ४० प्रतिशत अन्न मदिरा उत्पादनमा

rakshiरुकुम-सँधैजसो भोगमरीको समस्याले ग्रस्त दुर्गम जिल्लाहरुमा उत्पादित खाद्यान्नमध्ये ४० प्रतिशत खाद्यान्न मदिरा उत्पादनमा प्रयोग हुने गरेको पाइएको छ । जिल्लास्तरीय खाद्य सुरक्षा सञ्जालको पछिल्लो प्रतिवेदनअनुसार जिल्लाको कलस्टर ए अर्न्तर्गत पर्ने गाविसमा उत्पादन हुने खाद्यान्नमध्ये ७० प्रतिशत खानामा, २० प्रतिशत पशुचौपायालाई खुवाउन र १० प्रतिशत जाँड रक्सी बनाउनमा प्रयोग हुने गरिएको छ । त्यस्तै कलस्टर बी अर्न्तर्गत पर्ने गाविसहरुमा हुने उत्पादनमध्ये ५० प्रतिशत खाद्यान्न खानामा, २० प्रतिशत पशुचौपाया र ३० प्रतिशत खाद्यान्न जाँड रक्सी बनाउनमा प्रयोग हुने गरेको समितिको दाबी छ । (धेरै…)

जुन 14, 2013 at 11:52 बिहान टिप्पणी छोड्नुहोस्

सिवुया टोकियो

Road-Cross-Gardaiटोकियो-टोकियोको अति व्यस्त मानिने ठाउँ सिवुयामा सडक पार गर्दै पदयात्रीहरू ।

जुन 14, 2013 at 11:45 बिहान टिप्पणी छोड्नुहोस्

यौनहिंसाको आरोपमा १ लाख तिराईयो

imageटोकियो-यौनहिंसाको मामिलामा अत्यन्त कठोर कानून रहेको जापानमा पछिल्ला दिनहरुमा नेपालीहरु पनि अनाहकमा यसको शिकार बन्न पुगेका घटनाहरु बढ्न थालेका छन् । विशेषगरी रेलको यात्रा गर्ने क्रममा यसप्रकारका घटनाहरु हुने गर्दछ । हालैका दिनहरूमा यस्ता घटनाहरूबाट नेपालीहरु पनि पीडित बन्न पुगेका छन् ।
केही दिन अगाडि मात्र इण्डियन रेष्टुरेन्टमा काम गर्ने कँडेल थरका एक नेपाली युवक ओता वार्डमा एक जापानी महिलालाई जवरजस्ती गर्न खोजेको आरोपमा पक्राउ परी अहिले उनी मुद्दा खेपिरहेका छन् । उक्त घटनाको जापानका मिडियाहरुले सचित्र प्रसारण गरेका थिए । यस प्रकारका घटनामा नेपालीहरुको संलग्नता हुनुले सारा नेपालीको प्रष्ठिामा आँच आएको यहाँका वुद्धिजीवीहरु बताउँछन् ।
यस्तै प्रकृतिको अर्को घटना फेरि अघिल्लो घटनाको लगत्तै यामानोते लाईनको ओसाकी स्टेशनमा पनि घट्न पुगेको छ । ट्रेन छुट्ने चिन्ताले हतारमा रहेका एक युवक ओसाकी स्टेशनमा दगुर्दा अन्जानवश उनका अगाडि हिडिरहेका जापानी युवा जोडी मध्यका युवतीलाई धक्का लाग्न पुगेको थियो । ती महिलाले आफूलाई खराब नियतले समाउन आएकोले सरासर यौनहिंसा भएको आरोप लगाउँदै नजिकैको प्रहरीमा उजुरी गरेकी थिईन् । सँगै रहेका ती युवतीको केटा साथीले पनि जानीजानी यौनहिंसा भएको भन्दै कानून बमोजिम सजाँय र हर्जानाको दावी गरेका थिए । प्रहरीको फन्दामा परेका आरोपित ती नेपाली युवकलाई ३० मान जरिवाना तिरे छाडिदिने नत्र नछाडिने बताएपछि आफू अन्यायमा परेको भन्दै ती युवकले नेपाली समुदायका एक अगुवासँग सहयोगको याचना गरेका थिए । (धेरै…)

जुन 14, 2013 at 12:36 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

जुन 2013
सो मं बु बि शु
 12
3456789
10111213141516
17181920212223
24252627282930