केटाकेटी बन्दा
जुन 14, 2013 at 6:56 अपराह्न टिप्पणी छोड्नुहोस्
आज केटाकेटीले झै डक्टर फिसको अनुभव गरें । जापानमा विशेषगरी अोनसेन जाँदा मनोरन्जनको लागि भनेर यस्ता ठाउँहरू पनि बनाइएको छ । हुन त यो वच्चाहरूको लागि बनाइएको हुनसक्छ । तर जापानमा ठूलै मान्छेहरूले पनि यो अनुभव गरेको पाइयो । माछाहरू राखिएको बट्टामा खुट्ट हालेर विजुलीबाट कुन्नी के लगाएपछि माछाहरूले खुट्टामा टेक्न आउने रहेछ । कता कता काउकुती लगाउने अनि चिलचिल गरी टोक्ने । रमाइलै अनुभव हुँदो रहेछ । तर पैसाको हिसावले १० मिनेटको ५०० येन लाग्ने महंगो नै लाग्यो । तर पहिलो पटक गरेको यो डक्टर फिसको अनुभव हेर्नुस भिडियो अनि तपाइ पनि यस्तो ठाउँमा गएको बेलामा अनुभव गर्न नभुल्नुहोला ।
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed