गुल्मेलीको अधिवेशनको तयारी पूरा

जुन 14, 2013 at 5:56 अपराह्न टिप्पणी छोड्नुहोस्

टोकियो- ‘आफ्नो जिल्ला, आफ्नो गाऊँ, हामी सबै मिली बनाऔं’ भन्ने मूल नाराका साथ गुल्मी जिल्लाबाट जापान आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुल्मेलीहरुको समाज “गुल्मेली समाज जापान”ले यही जून १६ तारिख आईतवारका दिन गर्न गइरहेको दोश्रो अधिवेशन तथा घोषणा सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख चन्द्र भन्डारी रहनुहुनेछ भने विशेष अतिथिमा नेपाली दूतावास जापानका राजदूत डा. मदनकुमार भट्टराइको उपस्थित रहने जनाइएको छ । अधिवेशनमा उपस्थित हुनको लागि जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधहरू, अन्य पेशा तथा व्यवसायसँग आवद्ध सबै गुल्मेली तथा नेपालीहरूलाई निमन्त्रणा गरिसकिएको तर कुनै कारणवश निमन्त्रणा प्राप्त गरिनसक्नुभएका महानुभावहरूलाई पनि यसै समाचारलाई निमन्त्रणा मानेर उपस्थित भईदिन पनि अनुरोध गरेको छ ।
सोही अवसरमा वामी सेवा समितिको होमपेज (वेभसाइट) को पनि उद्घाटन गर्ने कार्यक्रम रहेको समितिले बताएको छ ।

Entry filed under: जापान समाचार.

खाद्यान्न समस्या हुने जिल्लामा ४० प्रतिशत अन्न मदिरा उत्पादनमा घुमघामको बेला

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जुन 2013
सो मं बु बि शु
 12
3456789
10111213141516
17181920212223
24252627282930

%d bloggers like this: