कुस्ती अभ्यास (भिडियो सहित)
जुन 15, 2013 at 6:55 अपराह्न टिप्पणी छोड्नुहोस्
हरेक कुरामा हामी नेपालीहरु पछि परेका छौं सबैले यसै भन्छन् । तर सोह्रै आना सत्य भने होइन यो कुरा । हामी नेपाली दाजुभाईहरुले पनि विभिन्न ठाउँहरुमा गएर प्रगति गर्नुभएको छ । उन्नति गर्नुभएको छ । कहिलेकाहीं नेपालीहरुले गरेको प्रगतिको समाचारहरु पढन पाउँदा गर्वले फुलेर यो छाती ढक्क बनाउँछ । यी त भए राम्रा पक्ष । तर नराम्रा पक्षहरु पनि छन् । चाहे देश होस या त विदेश । नेपालीहरु सँधै अगाडि पर्ने कुरा हो लड्ने भिड्ने । लड्न र भिड्न भनेपछि नेपालीहरु जता गए पनि अगाडि नै आउँछन् । जापानको सवालमा कुरा गर्नु पर्दा पनि धेरै जसो कार्यक्रमहरु आयोजना गर्दा अन्त्य अन्त्य तिर आएर जवान, वलवाल युवाहरु नलडेको कमै हुन्छ । मलाई लाग्छ, यो कुरामा नेपालीहरुको रगतको मात्रै दोष होइन । हाम्रो संस्कार अनि नेपाल सरकारको लुलो कानूनको ठूलो दोष छ । ल हेरौ त यो काठमाण्डौमा दिउँसो मण्डलै केटाहरुको कुस्ताकुस्ती । प्रहरी ३ जना के गर्ने ? अरू त सबै राजनीतिक नेताहरूको भाषण सुन्न गएका छन् रे । प्रहरीको वर्दी लगाएर हातमा लाठी लिएर पनि २, ३ जनालाई तह लगाउन सक्दैनन् । पिटाई खानेहरु पिटाई खाइरहेका छन् । पिट्नेहरू पिटीरहेका छन् । त्यही पनि पुलिस ठाना हो कि खाना हो को अगाडि नै । यसरी अभ्यास गर्न पाइन्छ नेपालमा र पो जापान, अमेरिका, वेलायत, मलेसिया जता गए पनि लड्नुपर्ने हुन्छ त नेपालीहरुलाई । त्यसैमाथि नेपालमा चुनाव नजिकिंदै छ, त्यसको लागि अभ्यास गरेका हुन् कि ? चुनावको तयारी त राम्रै हुन लागेको जस्तो छ । आउनुहोस् तपाइ पनि सहभागी हुन नपाए पनि यो कुस्तीको अभ्यास हेर्नुहोस् अनि ज्यान तताउनुहोस ।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed