बेला काफलको
जुन 22, 2013 at 3:14 अपराह्न टिप्पणी छोड्नुहोस्
यतिबेला साथीभाइहरू काफल टिप्न गएका होलान । ऐसेलु र काफल खाने निहुमा दिनभर बनमा भौतारिएर हिडेको हिजै जस्तो लाग्छ । काफल टिप्न हँसिया खुर्पेटो भिर्यो अनि कम्मरमा छड्के पारेर पुङ्ग भिरेर साथीभाइ बटुलियो अनि बनमा गयो । काफल टिप्यो, खायो, साथीसँग अनेकन कुरा गर्यो, पात बजायो, केटीहरू जिस्क्यायो कति रमाइलो थियो त्यो दिन । के कुरा गर्ने कुरा गरी साध्यै छैन । ती दिनहरू अब आउँदैनन् । अहिलेका केटाकेटीहरू यो संस्कारबाट धेरै टाढा पुगिसकेका छन् । हरेक वच्चाहरू अहिले मोवाइल, कम्प्यूटर खेल्छन् ।
हाम्रो पालमा चिलाउनेको गेडालाइ गुच्चा बनाएर खेलिन्थ्यो । काफल पाक्ने बेलामा घरबाट खाजा नै नलगि त्यही काफल टिपेर खाजाको रूपमा खाइन्थ्यो । काफलमा नून खुर्सानी मोल्यो एक ग्यालेन कोदोको शुद्द जाँड लग्यो । अनि दिनको घाममा क्या आनन्द हुन्थ्यो । अहिले खै त्यो बेलाको जस्तो रमाइलो ? अहिले त जाँडमा पनि चिनी, विकासे मल, के-के जाति हालेर पकाउँछन् रे । सकेसम्म त पैसा नभए पनि बजारिया शिशीकै खान छिटो र सजिलो भएको छ । माथिल्लो घरे ठूला बालाइ पनि अहिले त बजारिया शिशिको नै जाति लाग्छ रे । पहिले लोकल नभइ हुँदैनथ्यो, अहिले बजारिया शिशिको नखाइ ज्यानै तात्दैनरे । कस्तो होला समयको परिवर्तन । अचम्म लाग्छ । जेहोस विगतको सम्झना दिलाउने यी काफल जापानीहरूले खाँदा रहेनछन् । उनीहरूले पनि विर्सँदै गएका हुन कि ? तपाइहरूलाइ यसको ’boutमा केही थाहा छ भने अनुभव बाँड्नु होला । धन्यवाद ।
Trackback this post | Subscribe to the comments via RSS Feed