सोरठी नाच
जुन 22, 2013 at 6:59 अपराह्न टिप्पणी छोड्नुहोस्
सोरठी नाच यतिखेर लोप हुने अवस्थामा छ । केटा मान्छेलाइ केटीको पहिरनमा पहिराएर नचाइने यो नाच अति नै लोकप्रिय छ । सोरठी नाच नचाउने बेलामा गाउँका ठिटाठिटीहरू एक ठाउँमा जम्मा हुन्छन् । यो नै गाउँले क्लवको उदाहरण हो भन्दा फरक नपर्ला ।
हालैका दिनहरूमा रोजगारीको शिलशिलामा युवाहरू विदेश पलायन हुने वाध्यताले गाउँको यी लोकप्रिय नाचहरू पनि विस्तारै हराउँदै जान थालेको आभाष हुन्छ । यो हाम्रो जातीय, राष्ट्रिय सम्पत्ति हो । यसलाइ जोगाएर राख्नको लागि आजबाटै प्रयास गरिएन भने भोलिका दिनहरूमा यस्तो पनि थियो रे भनेर रे को कुरामा नजाला भन्न सकिन्न । लोप हुनु भन्दा अगाडि नै जगेर्ना गर्ने जमर्को नगरे भोलि लोप भएर गइसकेपछि केही गर्न सकिन्न । भोलिका पिंढीलाइ हस्तान्तरण गर्ने हामीसँग केवल फोटो भन्दा अरू केही नहोला ।
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed