सक्कली नक्कली मायाँ, चिन्हमा भैजाला भूल

जुन 23, 2013 at 10:56 बिहान टिप्पणी छोड्नुहोस्

टोकियो विश्वविध्यालय शिक्षण अस्पतालमा उपचाररत नेपालका राष्ट्रपतिको स्वास्थ्य स्थितिको वारेमा नेपाली दूतावासवाट प्रकाशित विज्ञप्ति विभिन्न अनलाईन साईटहरूमा आयो । आफ्नो देशको राष्ट्रपति आफै वसेको देशको अस्पतालमा भर्ना हुनु भएको छ । सवै जापानमा वसेका नेपालीहरूको चासोको विषय वनेको छ राष्ट्रपतिको स्वास्थ्य । दूतावासले २/४ लाईन यसो अगाडिकै कुरा लेख्यो त्यही पनि अंग्रेजीमा, त्यही पनि सादा कागजमा । न त लेटरहेड छ, न त दूतावासको छाप छ, न त आधिकारिक मान्छेको सही नै । कसरी पत्याउने हो यो दूतावासले नै जारी गरेको विज्ञप्ति भनेर? कम से कम, दूतावास भनेको त नेपालको सरकारी अफिस हो नि । एउटा आधिकारिक छाप चिन्ह र आधिकारिक मान्छेको दस्तखत त हुनु पर्यो नि कि कसो ? केही पनि नभएको सादा पानामा लव लेटर लेखे जसरी लेखिएको पत्रलाई विज्ञप्ति कसरी र के आधारमा मान्ने हो ? कम्प्यूटरमा अलि अलि ज्ञान भएको मान्छेले सजिलै वनाउन सक्छ । नियत खराव भएको मान्छेले नक्कली िवज्ञप्ति वनाएर यस्तो कमजोरीको फाईदा नलेला भन्न सकिन्न । नक्कली कागजपत्रहरुको विगविगी रहेको जापानमा यस्ता कुराहरूमा सतर्क हुनै पर्छ । नेपालवाट नक्कली प्रमाणपत्र वनाएर जापान आउन लागेकाहरू अस्ती एयरपोर्टमै पक्राउ परे । नक्कली धन्दामा संलग्न केही ईस्टिच्यूटहरूलाई खै केही कारवाही भयो कि के भो । ५ कक्षा पढेकालाई वि ए पढेको वनाएर पनि यहि जापानमा ल्याईएको छ । नारायणघाट नदेखेकालाई दिल्लीमा १० वर्षे कुकको अनुभवको प्रमाणपत्र वनाएर पनि यही जापानै छिराईएको छ । त्यति मात्र कहाँ हो र अहिले त नेपाली शरणार्थीहरू बढेका छन् । उनीहरूलाई चाहिने कागज पत्र जुन फलानो पाटीले वसीखान दिएन, िढस्कानो पाटीले गरिखान दिएन भनेर वनाईने लगभग नक्कली कागजहरू नै वनाएका छन् । नक्कली छोराछोरी वनाएर वच्चाको भत्ता पचाउने नेपालीहरू पनि यही छन् । अर्काको ईन्सुरेन्स कार्ड लिएर अस्पताल जाने पनि नेपाली नै छन् । यतिखेर त नक्कली विहे गर्नेहरू वढेका छन् । यस्ता कामहरूले नेपालीको विश्वासमा कालो दाग लागेको छ । के के हो के के वुझिनसक्नु छ । ल हेर्नुहोस यो कानूनी हिसावले एउटा सरकारी कार्यलयको विज्ञप्तिजस्तो देखिन्छ ?
image

Entry filed under: वर्गविहीन.

अझै फेरिएको छैन यो होस्टेलको मुहार राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रे…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जुन 2013
सो मं बु बि शु
 12
3456789
10111213141516
17181920212223
24252627282930

%d bloggers like this: