Archive for जुन 24, 2013
राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रे…
राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य स्थिति टोकियो अस्पतालले सार्वजनिक गरेको जानकारी नेपाली दूतावासले दिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्टले देखाएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्थामा विभिन्न किसिमका शंका आशंका गर्नेहरु थिए । कोहीले राष्ट्रपतिलाई क्यान्सर नै भएको पनि शंका गरेका थिए । नेपालको अस्पतालले पत्ता लगाउन नसकेको भन्ने कुरा छापाहरुमा बाहिर आएपछि क्यान्सर नै भएको वा क्यान्सर नभए पनि ठूलै केही विरामी भएको कुरा जापानवासी नेपालीहरुले पनि शंका गरेका थिए । तर त्यसको विपरित स्वास्थ्य रिपोर्टले स्वास्थ्य अवस्था सामान्य र उहाँले साविक वमोजिमको खानपान लिईरहनुभएको पनि विज्ञप्तिमा जनाएको छ । उहाँको स्वास्थ्यस्थिति साधारण भएको कुरा पनि जनाएको छ । साँच्चै उहाँको अवस्था सामान्य हो वा ??? केही ??? सामान्य हो भने त अव छिटै डिस्चार्ज भएर नेपाल फर्कने मेसोमेलो मिलाउँदै हुनुहुन्छ कि के छ त ? राष्ट्रपतिको स्वास्थ्यलाइ लिएर केही सामाजिक सञ्जालहरूमा ६० लाखको हिसावकिताव माग्नेहरू पनि छन् । यो रिपोर्टमा केही नभएको भने पनि अब के माग गर्दछन् त उनीहरूले ?