पाउरोटी खानुहुन्छ ? होशियार, पाउरोटीमा सियो भेटियो
जुलाई 1, 2013 at 12:23 अपराह्न टिप्पणी छोड्नुहोस्
वेलुकी अवेरसम्म काम गर्यो कोठामा गएपछि नुहायो अनि थाकेको ज्यान त्यतिकै लखतरान पर्दै जान्छ त्यही माथि ओच्छ्यान देखेपछि त केही गर्न नै मन लाग्दैन । अनि यसो विस्तारामा पल्टियो फेसवुकमा केहीवेर भुल्यो अनि त निदाईहालिन्छ, विहान उठदा कलेज जान ढिलो भैसकेको हुन्छ । अनि के गर्ने खाना पकाउन त भ्याईदै भ्याईदैन । उठेर मुखमात्र धोयो अनि लाग्यो झोला बोकेर स्कूलतिर । स्कूलमा आधा घन्टा व्रेक हुन्छ त्यही बेलामा कम्विनीमा गयो यसो पान सान ओनिगिरी के के हुन्छ खायो त्यही सजिलो । यो माथिको दैनिकसँग सम्बन्धित भनाईहरु हो टोकियोमा कलेज पढ्दै गरेका श्याम कुँवरको । तर हालैका दिनहरुमा आएर खराव नियतका जापानीहरुको वृद्धिले गर्दा विदेशीहरुले पनि ख्याल गर्नुपर्ने भएको छ । त्यस्तै खराव नियत भएको मान्छेले अरुलाई बरवाद गराउन खोजेको घटना र्सार्वजनिक भएको छ । जुन हो पाउरोटीमा सियो भेटिएपछि । उनले जो सुकै होस् पाउरोटी किनेर खाने मान्छेले सियो पनि खाओस र वरवाद होस भन्ने योजना बुनेर यो पाउरोटीमा सियो घुसारेका थिए । धन्न त्यो पाउरोटी जापानीलाई पर्न गएछ । हुनत नेपालीलाई परेपनि जापानीलाई परेपनि कुनै पनि मानवलाई परेको हो । तर जापानीहरु खाने कुरामा बढी नै होशियार हुन्छन् । यसको मतलव खानेकुरा खाँदा हेरेर, विचार गरेर खाने गर्दछन् । भोकले रन्थन्निएको नेपालीलाई परेको भए त्यो नहेरी कन खाईदिन पनि सक्थे । त्यसैले सुरक्षित देश भनेर भनिएको जापानलाई पनि सुरक्षित छौं हामी भनेर चनाखो हुन नछाडनुहोला । हरेक कुरामा चनाखो हुनुपर्ने भएको छ । मेरै घर नजिकै एक जना पागलले स्कूले नानीहरुलाई अन्धाधुन्ध छुरी हान्यो । हालैका दिनहरुमा बढेको यस्ता घटनाले जापानको भविष्य कतातिर जान्छ भन्ने कुरामा शंका गर्नुपर्ने आधारहरु भेटिन्छन् ।
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed