एकै रातमा करीव रू. १२ लाख रन्डीवाजीमा

जुलाई 5, 2013 at 9:29 अपराह्न टिप्पणी छोड्नुहोस्

टोकियो – नाईट लाईफको लागि प्रसिद्ध मानिने टोकियोको रोपोङ्गीमा हालै एकजना नेपाली एकैरातमा करिव १२० मान येन (नेरु करिव १२ लाख) लुटिन पुगेका छन् ।

कामधन्दाबाट बेलैमा निस्केर फ़्रेश हुन रोपोङ्गी झरेका दुई नेपालीमध्यका एक एकैरातमा नगद र क्रेडिट कार्डको प्रयोग गरी करिव १२० मान लुटिएका हुन् । उनलाई रोपोङ्गीको एक डिस्कोमा भेटिएका बिदेशी युवतीहरुले मादक पदार्थ सेवन गरेर करिव बेहोस भएको अवस्थाको मौका छोपी क्रेडिट कार्डबाट सय मान भन्दा बढिको किनमेल गराएका थिए भने साथमा भएको नगद करिव १२ मान पनि लगेको बुझिएको छ ।

आजभन्दा १० बर्ष पहिले जापान आएका बागलुङका जगन बुढा (नामपरिवर्तन) जापानी साहु भएको एउटा इण्डियन रेष्टुरेन्टमा काम गर्दछन् । अघिल्लो हप्ताको सोमबार साँझ बेलैमा कामबाट निस्की जगनले संगै काम गर्ने बागलुङकै दूर्गाबहादुर थापा (नाम परिवर्तन) लाई पनि संगै लिएर रोपोङ्गी हानिएका थिए ।

मनोरञ्जनका लागि बिशेषगरी बिदेशीहरु झुम्मिने रोपोङ्गीमा डिस्को, बार, पप, मसाजपार्लर लगायतका पसलहरु रातभर खुल्ला हुन्छन् भने यौनधन्दा हुने ठाउँकोरुपमा पनि रोपोङ्गीलाई लिईन्छ । पीडितकाअनुसार रोपोङ्गीको बयान मात्र सुनेका तर कहिलै नगएका ती दुई नेपाली चुल्हाचौकाको थकानलाई रंगिन साँझमा बदल्न रोपोङ्गीको एउटा डिस्कोबारमा छिरे । प्रवेश निःशुल्क भनिएको तर पेयपदार्थमा अतिरिक्त शुल्क थोपरिने सो डिस्कोमा छिरेपछि अरुसरह उनीहरुले पनि पेयपदार्थ मगाएर पिउन सुरु गरे । पिउने र नाच्नेक्रममा २, ३ जना बिदेशी युवतीहरु पनि उनीहरुसंगै जिस्किदैं मिसिन आईपुगे । ती युवतीहसंगै पिउने र नाच्नेक्रम निकैबेर चल्यो, त्यसपछि ती युवतीहरुले अर्को डिस्कोमा जाने प्रस्ताव गरे । त्यतिञ्जेलसम्म उनीहरु अल्कोहलले मातिईसकेका थिए । त्यसमाथि पनि पेयपदार्थमा ती युवतीहरुले केहि मिसावट गरेको हुन सक्ने आशंका उनीहरुले गरेका छन् ।

घटना ’bout जगन अगाडि भन्छन् – ’त्यहाँबाट निस्केपछि हामी २ जनालाई फरक फरक दिशातिर लगियो । साथीकारुपमा लगिएका थापासंग खास पैसा थिएन । उनलाई कता लगियो मलाई थाहा भएन । म भने नजिकैको दोन्कीहोते नाम गरेको डिपार्टमेन्टमा छिरेजस्तो लाग्छ । त्यहाँ उनीहरुले मेरो फरकफरक क्रेडिट कार्ड प्रयोग गरेर मन लागेको सामान किनेछन् । मसंग बिभिन्न कम्पनीका ५ वटा भन्दा बढि क्रेडिट कार्डहरु थिए । सिटी बैंकको कार्डबाट ४७ मान, युएफजेको कार्डबाट ३६ मान, जेसिबी कार्डबाट १५ मान, अर्को भिसा कार्डबाट ११ मानको किनमेल गरेका रहेछन् । दोन्की होते पछि मलाई कता लगियो, अरु किनमेल कहाँ भयो मलाई केहि हेक्का छैन । होसमा आउँदा भोलिपल्टको १ बजिसकेको थियो । म एउटा चाईनिज मसाज सेन्टरमा थिए । साथी पनि साथमा थिएन । म संग भएको पर्समा पैसा पनि थिएन, किनमेल गरेका बिलहरु मात्र थिए । म भेटिएको मसाजको मालिकलाई आफु कति बजे र को द्वारा त्यहाँ ल्याईएको भनेर सोध्दा अज्ञात युवतीहरुले बिहानपख त्यहाँ ल्याएर छोडेको बताए । मसाजको बिल पनि कार्डबाटै १० मान भुक्तानी भईसकेको रहेछ । यतिका बिल कसरी भन्दा यो बिल तिम्रो मात्र नभएर अरु पनि थिए भनेर मसाज मालिकले सजिलै जबाफ फर्काए । त्यसपछि नजिकैको पुलिसचौकीमा गएर आफु अज्ञात युवतीहरुबाट ठगिएकोले सीसी क्यामेरामा कैद भएको रेकर्डको सहयोगमा उनीहरुलाई पत्ता लगाई न्याय दिलाई पाऊँ भनि अनुनय-विनय गर्दा सबै कार्ड साथैमा भएको नहराएको र आफ्नै उपस्थितिमा कार्ड प्रयोग भएको हुँदा यसमा उनीहरुले गर्न सक्ने केहि नभएको बताएर निराश बनाए । अनि लुरुलुरु कोठामा फर्किंए ।

कोठामा आएर साथीलाई फोन गरेर सोध्दा उसको त्यो दिन बिहानैबाट काम भएकोले म रहेकै चाईनिज मसाज सेन्टरबाट बिहानै निस्केर हिडेको उनले बताए । निस्कने बेलामा मलाई पनि उठाउन खोजेको तर म नउठेकोले मलाई त्यहीं छोडेर उनी हिडेंका रहेछन् । त्यसपछि कार्ड कम्पनीमा फोन गरेर आफ्नो क्रेडिट कार्ड अरुबाट अपचलन भई आफु ठगिएको जानकारी गराउँदा आफ्नै उपस्थितिमा भएको हुँदा यसमा दोषी आफै हुनुपर्ने बताईयो ।

यसरी एकजना सामान्य नेपाली कामदार एकैरातमा करिव १२ लाख रुपैंया लुटिन पुगेका छन् । आफ्नै बेहोसीका कारण सजिलैसंग ठूलो रकम लुटिन पुगेका जगन पश्चाताप मान्दै भन्छन् – ‘सानो गल्तीले गर्दा मैले ठूलो नोक्सानीको सामना गर्नुपरे पनि यस्तो समस्या अरु नेपालीलाई भोग्न नपरोस् । रोपोङ्गी र रोपोङ्गी जस्ता रात्रीजीवनका लागि कहलिएका रंगिन ठाउँहरुमा जाँदा सबैजना सजग र सचेत रहनुहोला ।’

रोपोङ्गी जस्ता नाईट लाईफ चल्ने रगिन ठाउँहरु जापानमा अन्यत्र पनि प्रशस्त छन् । त्यस्तो ठाउँमा बरालिन पुगेका नेपालीहरु ठगिएको जगन पहिलो भने होइनन् । यसअघि पनि यस्तै प्रकृतिको घटनामा केहि नेपालीहरु नराम्रोसंग फस्न पुगेका थिए । रंगिन ठाउँहरुमा भुल्न पुगेका सर्बसाधारणलाई यसरी नै बिभिन्न उपाय रचेर सुनियोजितरुपमा फसाउने र आफ्नो स्वार्थसिद्ध गर्न पल्केकाहरुदेखि सावधान रहन जगनको रोपोङ्गी प्रकरणबाट नेपालीहरुले पाठ सिक्न सक्नुपर्दछ । ***

(यी र यस्ता घटनाहरुबाट सजग रहन सबैलाई सन्देश दिने खालका यहाँहरुसंग पनि त्यस्ता उल्लेखनीय घटना केहि छन् भने हामीलाई जानकारी गराउनुहोला, यहाँहरुको गोपनियता भंग नहुने गरी प्रकाशन गर्ने छौं )

Entry filed under: प्रमुख समाचार.

पैसा छपाइमा लापरवाही के भन्नुभयो त राष्ट्रपतिले जापानमा ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जुलाई 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
293031  

%d bloggers like this: