कुटपिट गरेको ठहरेमा १० हजार जरिवाना र ४ वर्ष जेल मात्र…
जुलाई 6, 2013 at 1:51 बिहान टिप्पणी छोड्नुहोस्
शिक्षा दिने गुरूलाई भगवान सरह मानिन्छ । संसार देखाउनको लागि शिक्षाको माध्यमवाट भित्री आँखा खुलाईदिने पनि गुरू नै हुन् । गुरूको योगदानलाई कदर गर्नको लागि एकलव्यले आफ्नो दाहिने हातको बुढी औंला नै काटेर गुरू दक्षिणा चढाएको कथा हामी सबैले पढेकै छौं । आजभोलि पनि गुरूलाई मान सम्मान गर्नको लागि गुरू पूर्णिमा मनाउँछौं नै । त्यसो त गुरूले चेलाहरू माथि अन्याय अत्यचार गर्ने परिपाटी उहिल्यैदेखि थियो भन्ने कुराको अडकल एकलव्यको कथा पढेर थाहा लाग्छ । आफूले मन पराएको चेलालाई माथि पुर्याउन गुरूले एकलब्यको दाहिने औंला गुरूदक्षिणा मागेको भनिन्छ ।
अहिले जमाना फेरिएको छ । को भन्दा को कम त छ नै । तर कहिलेकांही ज्ञान सिकाउने गुरूहरू आफैंहरू अज्ञानी गोरू भैदिन्छन् । गुरूरूपी गोरूहरूको शिक्षण ज्ञानको अभावले नै गर्दा अहिले नेपालको िशक्षा यति सार्है खस्केको छ कि कुरा गरी साध्य छैन । एसएलसीमा आधाभन्दा वढी विधार्थी फेल हुन्छन् । १०० नम्वरमा ३२ नम्वर पनि ल्याउन नसकेर फेल हुनु कतिसम्मको लाजमर्ने कुरा हो त्यो भनिरहनु पर्दैन । सवैभन्दा तल्लो पेशाको रूपमा हेरिने िशक्षण पेशा सवै भन्दा तल्लो स्तरको जनशक्तिको हातमा सुम्पेर नेपालको सरकारले कैयौं वालवालिकाहरुको भविष्यमाथि खेलवाड गरिरहेका छन् । एसएलसीमा वल्लवल्ल पास भएका र अन्य क्षेत्रमा केही गर्न नसकेर पढाउने पेशामा लागेका हुन्छन धेरैजसो गुरू भनाउँदाहरू । अर्कोतिर पढाउने काम त जसले पनि सकिहाल्छ भन्ने मान्यताको हावी भएको छ शिक्षा क्षेत्र । मनोवैज्ञानिक तरिकाहरू सोचेर शिक्षण गर्दैनन् आधुनिक शिक्षकहरू । शिक्षण गर्दैनन् भन्नु भन्दा पनि शिक्षण गर्ने सामर्थ्य नै छैन भन्दा फरक पर्दैन ।
व्यवहारिक शिक्षाले ठूलो कायपटल फेरिसकेको अवस्थामा नेपालको अवस्था सुघा रटाईको घोकन्ते िशक्षामा नै अलमल्लिरहनु सार्है लाजमर्दो कुरा हो । पशुलाई जस्तो लट्ठी लाएर पढाएको शिक्षा कति व्यवहारिक हुन्छ भन्ने कुरा शिक्षित व्यक्तिहरू बढी भएको नेपालको भताभुन्ग अवस्था हेरे दिनको घाम झैं छर्लंग हुन्छ ।
अस्ति भर्खर पोखरामा मुर्ख शिक्षिकाले विध्यार्थी पिटेर वेहोश वनाएको घटना सेलाउन पाएकै छैन अर्को त्यो भन्दा निर्मम घटना घटाएकी छिन वाँके हिरमुनियाकी शिक्षिकाको खोल ओढेकी आराधाना रानाले । एक कुशल शिक्षिकाको नाताले भित्री ज्ञानको आँखा खोलिदिने जिम्मा पाएकी रानाले ज्ञानको ज्योतिले भित्री आँखा खोलिदिनु त कता हो कता विध्यार्थीको बाहिरी आँखा पनि गुमाईदिईन । मानिसको सबैभन्दा महत्वपूर्ण अंग मध्य एक आँखा पनि हो । शिक्षा मानिसको भित्री आँखा भनिन्छ । भित्री आँखा खुलाउन विधालय पठाएको छोराछोरी कुटिएर घर फर्किन्छन् । अंगभंग भएर घर फर्कन्छन । बाहिरी आँखा फुटाएर घर फर्काईन्छ भने छोराछोरी विध्यालय पठाएका अभिभावकहरू कसरी ढुक्क हुन सक्छन ?
जति अन्यायमा परे पनि सहेर वस्न विवश अभिभावक र गल्ती गर्नेलाई कारवाही गर्न नसक्ने लाचरी सरकारको कारण यस्ता गल्तीहरू घट्नुको साटो वढिरहेको छ । शिक्षाको नाममा व्यापार गरेर गरीव जनताको ढाड सेकेको सेकेकै छन एकातिर भने अर्कोतिर यस्तो जिन्दगीभर नमेटिने चोट दिएका छन् गरीवलाई । यस्तो संवेदनशील घटनामा सरकारले के भन्ला भन्दा यदि कुटपीट गरेर क्षति पुगेको ठहर भएमा अभियुक्तलाई ४ वर्ष जेल र १० हजार सजायँ हुने रे । िधक्कार छ नेपालको कानून । वास्तवमा यो जरिवाना र जेल सजायँ होईन त्यो जघन्य अपराध गर्ने शिक्षिका भनाउँदाको एउटा आँखा त्यो आँखा फुटेको आँखाको सट्टामा विध्यार्थीलाई दिनु पर्दछ । तव मात्र त्यो अवोध र पीडित वालकले न्यायको अनुभूत गर्न पाउँदछ । अन्यथा यस्ता घटना फेरि नदोहोरिएला भन्न सकिन्न ।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed