चरी दादा माथि गोली प्रहार
जुलाई 6, 2013 at 1:22 अपराह्न टिप्पणी छोड्नुहोस्
प्रख्यात डनहरू मध्यको एक दिनेश अधिकारी उर्फ ‘चरी’डन माथि अर्को समुहका डनहरूले गोली चलाएका छन् । उनी एमाले निकट युवा संघ नेपाल धादिङ क्षेत्र नम्बर- १ का उपाध्यक्ष हुन ।
प्रेस चौतारी धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा भाग लिएर राजधानी फर्कनेक्रममा बा १० च ५९९३ नम्बरको निजी कारमा सवार उनीमाथि गोली प्रहार भएको हो । उनी आफैंले कार चलाएका थिए । उनको दाहिने पाखुरामा गोली लागेको छ । अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना गरिएको चरी डन अहिले यतिखेर बल्ल बोल्न सक्ने अवस्थामा फर्किएका छन् । रातभर उनी वेहोस भएका थिए ।
गोली चलाउनेहरूले बाटो ढुकेर उनीमाथि आक्रमण गरेको बुझिएको छ । चरीले पनि सञ्चारकर्मीहरूसँग आफूमाथि लुकेर गोली प्रहार गरेको बताए । उनको गाडीको ठक्करबाट आक्रमणकारीमध्येका राजेन्द्र लामा घाइते भएका छन् । चरी दादाले पनि यसको बदला पक्कै लिनेछन् । केही दलद्वारा घोषित चुनाव नजिकिंदै गर्दा यस्ता डनहरूको पनि कमाउने समय आएको छ भने राजनैतिक दलहरूले खेतला पाएका छन् । डनहरूलार्इ संरक्षण दिएर चुनाव जित्ने सपनाहरू बुनेका दल तथा नेताहरूलार्इ जनताहरूले लोप्पा खुवाउनै पर्दछ । यस्ता डन तथा यिनै डनहरू प्रयोग गरेर चुनाव जित्ने र सत्तामा गर्इ भुँडी भर्ने सपना बुनेका दलहरूलार्इ जनताहरूले सार्वजनिक वहिष्कार गर्नै पर्दछ ।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed