पाउरोटीमा सियो राख्ने पक्राउ परे
जुलाई 6, 2013 at 11:11 अपराह्न टिप्पणी छोड्नुहोस्
टोकियो-जापानको चिवा प्रान्तको नागारेयामासी एदोगावादाईनिसीमा रहेको कम्बिनी स्टोर्समा विक्रीको लागि राखिएको पाउरोटीमा सियो राख्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका २८ वर्षीय तोमोया नागाकीले उक्त क्षेत्रमा रहेको आठवटा भन्दा बढी पसलहरूमा रहेको खाध्य पदार्थमा सियो घुसाएका थिए । उनलाई सेक्युरिटी क्यामेराले खिचेको भिडियो रेकर्डको आधारमा पक्राउ गरिएको थियो । उनले उक्त कार्य आफूले गरेको स्वीकार गरेका छन् । ४ सेन्टीमिटर लम्बाईको सियो घुसारिएको पाउरोटी सोही प्रान्तमा बस्ने एक महिलाले अघिल्लो महिनाको २९ तारिख बेलुका किनेकी थिइन । ३० तारिख विहान पाउरोटी खान लाग्दा सियो भेटिए पछि उनले पुलिसलाई खबर गरेकी हुन् । त्यतिबेला सोही प्रान्तमा रहेको अन्य पसलहरूमा पनि पाउरोटीमा सियो भेटिएको थियो । सो व्यक्तिले के कति कारणले उक्त कार्य गरेको भन्ने कुरा अझै खुलिसकेको छैन ।***
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed