माईला दाईका गीत…

जुलाई 7, 2013 at 5:51 अपराह्न टिप्पणी छोड्नुहोस्

धेरै लामो समय पछि माईला दाईलाई फेरि गीत फुरेको छ । माईला दाई विशेष गरी राष्ट्रिय गीत लेख्नुहुन्छ । तर अहिलेको नेपाली राष्ट्रिय गीत लेख्ने व्याकुल माईला दाई भन्नु होला । उहाँ पनि माईला त पर्नुभयो तर व्याकुल माहिला दाई भने उहाँ हुनुहुन्न । देशको अवस्था देखेर उहाँ पनि आकुल व्याकुल त हुनुहुन्छ रे । तर रे को कुरा खै के खै के ? देशको अवस्थाले आकुल व्याकुल भएर अस्ति भर्खर घुमघाम गर्न निस्कनु भाको थियो नयाँ राष्ट्रिय गीत फुरिहालेछ । ल हेर्नुस् उहाँजी शाहाको राष्ट्रिय गीत ।

यस्तो छ गीत-
हिमाल पहाड तराई
हिमाल पहाड तराई नेपाली जीवन अङ्ग

एकता नै नेपाली प्राण रस-रङ्ग
गाँसेका छौँ अन्न जलले यही भूमिमा
छापेका छौँ अटल हिमाल यही छातीमा

हाँसो खुसी नेपालीको नेपाल आमा मूल
बगैँचामा रङ्गीचङ्गी विविध नेपाली फूल
यहाँकै उब्जाउने माटो छानेका फैली बाटो
यहाँ नै फाटो ल्याउने कुरेका बैरी बाठो

हिमाल पहाड तराई नेपाली जीवन अङ्ग
एकताको धागो छिने हुन्छौँ भताभुङ्ग

Entry filed under: वर्गविहीन.

पाउरोटीमा सियो राख्ने पक्राउ परे म माथि आक्रमण गर्नेलार्इ पुलिसले नसके म आफैं ठीक पार्छु-चरी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जुलाई 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
293031  

%d bloggers like this: