म माथि आक्रमण गर्नेलार्इ पुलिसले नसके म आफैं ठीक पार्छु-चरी

जुलाई 8, 2013 at 12:17 अपराह्न टिप्पणी छोड्नुहोस्

chari donप्रख्यात डनहरू मध्यको एक दिनेश अधिकारी उर्फ ‘चरी’डनले आफूमाथि हमला गर्नेहरूलार्इ नेपालको पुलिस प्रशासनले तह लगाउन नसके आफैले ठीक पार्ने बताएका छन् । प्रेस चौतारी धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा भाग लिएर राजधानी फर्कनेक्रममा बा १० च ५९९३ नम्बरको निजी कारमा सवार उनीमाथि गोली प्रहार भएको थियो । उनेले सञ्चारकर्मीहरूसँग अस्पतालबाटै नेपालको प्रशासनले ठीक पार्न नसकेको खन्डमा आफैले ठीक पार्ने चेतावनी दिए । चरीले गरेको यो घोषणा आफ्नो प्रतिद्वान्दीलाइ मात्र नभएर सिंगो नेपालको सुरक्षा व्यवस्था माथिको चुनौती हो, किन भने पुलिस प्रशासनले नसकेको खण्डमा म कानून हातमा लिएर आफै ठीक पार्छु भन्ने आशाय हो । यसले नेपालको सुरक्षा व्यवस्थालाइ गिज्याएको आभाष हुन्छ । किन भने जो सुकैले होस नेपालमा शान्तिको शास फेर्न पाउनु पर्छ । उनीसँग त सम्पत्ति, बल, समूह जे भने त्यही छ र सुरक्षा व्यवस्थाले नसके आफै गर्न तम्सिएका छन् । तर साधारण नेपाली जनताले कसरी आफ्नो सुरक्षा गर्ने ? उनी एमाले निकट युवा संघ नेपाल धादिङ क्षेत्र नम्बर- १ का उपाध्यक्ष हुन् । उनीलार्इ त राजनैतिक छहारी पनि छ । केपी अोलीले उसको ’boutमा के के खोकि सके ।
नेपालमा संविधान सभाको निर्वाचनको मिति घोषणासँगसँगै नेपालको डन घोषित गुन्डाहरू पनि सल्वलाउन थालेका छन् । कतिपय राजनैतिक दलहरू यिनै दलहरूको संरक्षणमा चुनाव जित्ने सपनाहरू बुन्दै गरेको होलान । नेपालको प्रशासनले यस विषायलार्इ संवेदनशील भएर लिन सक्नु पर्दछ ।

Entry filed under: अनुभव.

माईला दाईका गीत… रेडियो कार्यक्रम र नेपाङ्ग्रेजी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जुलाई 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
293031  

%d bloggers like this: