रेडियो कार्यक्रम र नेपाङ्ग्रेजी

जुलाई 9, 2013 at 1:54 अपराह्न टिप्पणी छोड्नुहोस्

स्रोताहरु हाम्रो टेलिफोनमा एक जना मित्र आइ सक्नु भएको छ । म उहाँलाई स्वागत गर्न चाहन्छु ।
हेलो …. नमस्ते, को कहाँबाट बोल्नु भा’को ?
म रसिला…
के गर्दै हुनुहुन्छ ?
बसिराखेको नि, कति ट्राइ गर्दा पनि फोन नै लाग्दै नलाग्ने भन्या ।
तपाईलाई बधाई छ फोन लाइन पाउनु भएकोमा
थ्याङ्क्यू
वेल कम
भात खानु भयो रसिला जी ?
खाएँ
तरकारी के खानु भयो ?
अ… आलु र वन्दा
ल त रसिला जी तरकारी आलु खानु भए पनि अरु कुरामा भने आलु नखानु होला । अब हामी यसपछि एउटा सुन्दर गीत बजाउने छौं । तपाई कसलाई सुनाउन चाहनुहुन्छ ?
तपाईलाई
थ्याङ्क्यू
अनि फलानो एफ एमका सबै स्टाफहरुलाई
अनि सबै मेरा साथीहरुलाई
हस् त अहिलेलाई छुटौं
बाई
स्रोताहरु प्रकाश ओझाको भत्काईदिन्छु बाख्राको खोर पनि भन्ने गीत सुन्न र सुनाउन चाहनु भएको छ थुप्रै थुप्रै स्रोताहरुले ।
पोखराको अति नै रमणीय ठाउँ पृथ्वीनारायण क्याम्पसबाट हामीलाई पत्र पठाउनु भएको रहेछ हाम्रा नियमित स्रोता शिशिर गुरुङ मायालुले । उहाँले पनि सोही गीतलाई अनुरोध गरेर पठाउनु भएको छ । उहाँले आफ्नो गाउँको गोरे दाई, ओममाया छ्यामा, मोटीहरुलाई पनि सुनाउन चाहनुभएको छ । एकैछिन पछि हामी हाम्रा नियमित स्रोता शिशिर गुरुङहरुले अनुरोध गर्नु भएको गीत सुनाउँछौं तर विचमा एकै छिन विज्ञापन विश्राम ।

गीत बजाइसकेपछि कार्यक्रमको अन्त्य अन्त्यमा …
अत स्रोताहरु आई एम धेरै धेरै क्षमा चाहन्छु ’cause हाम्रो कार्यक्रमको समय इन्डिङ्ग भैसकेको छ ।यतिखेर भने मैले विदा लिइ सक्नु पर्ने भएको छ । फेरि भोलि यही समय, यही ठाउँ र यही बेला तपाईको रेडियो सेट सामु आईपुग्ने छौं । तव सम्मको लागि म लगायत सम्पूर्ण मेरो यूनिटलाई विदा दिनुहोस टेक केयर एण्ड वाइवाइ ।

Entry filed under: अनुभव.

म माथि आक्रमण गर्नेलार्इ पुलिसले नसके म आफैं ठीक पार्छु-चरी सिन ओकुवोमा नाइजेरियन पुरूषको चर्तिकला

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जुलाई 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
293031  

%d bloggers like this: