सिन ओकुवोमा नाइजेरियन पुरूषको चर्तिकला

जुलाई 10, 2013 at 7:11 अपराह्न टिप्पणी छोड्नुहोस्

sinokuboनाइजेरियन एक पुरूषले आज दिउँसो सिन ओकुवोमा चर्तिकला देखाएका छन् । उनबाटै सुनिएको गुनासो अनुसार आफूलाइ विदेशी भएकै कारण जापानी प्रहरीले वाराम्वार चेक गर्ने गरेकोले आफूलाइ रिस उठेको कुरा बताएका छन् । उनको श्रीमती पनि जापानी र जापानीसँग विवाह गरेर लामो समय भएको कुरा गरेका छन् । त्यसो त उनको छोरी पनि १३ वर्ष भएको कुरा उनले सबैलाइ सुनाए । तर कतिले बुझे बुझेनन् भगवान जानून तर मलाइ पनि जापानी प्रहरीले वाराम्वार चेक गरेर हैरानी पार्ने गर्दछ । उसले वारमाथि चढेर तल झर्न मान्दै मान्दैन । पुलिसले जति फकाए पनि तल झर्दैन । नेपालमा भए गोर्खे लौरी लगाईहाल्थे । उ आफै नओर्लिएसम्म पुलिसहरू केही नगरी पर्खेरै वसे ।
विना कारण वाटोमा हिड्नेलाई २, ३ पटक खानलतासी गर्दा मलाइ पनि रिस उठ्ने गर्दछ । नराम्रो काम गर्ने मानिसहरू, खतरानक चिज लिएर हिड्नेहरू खुलेआम त हिंड्दैनन् होला । मलाई पनि चेक गरेर हैरान पार्छ भन्या । मलाई अलि काले देखेर होकि झैं लाग्छ । त्यो नाईजेरियनले भने झैं कालो र सेतो छालाको आधारमा भेदभाव गर्नु हुँदैन भन्ने कुरा अरू रमितेहरूलाई पनि मन परेको थियो । तर केही गर्न सक्दैनन् रमिते वनेर हेर्नु बाहेक । नेपालमा भए आन्दोलन हुन्थ्यो, चक्काजाम गरिन्थ्यो । तर यो जापानमा न त त्यो नाईजेरियनले जुलुस र चक्काजाम गर्न सक्यो न त पुलिसले नै लछारपछार पारेर गोर्खेलौरी लगाउन नै । तल भिडियो हेरूँ उसले के के भने के के गरे त आज सिन ओकुवोमा ?

Entry filed under: जापान समाचार.

रेडियो कार्यक्रम र नेपाङ्ग्रेजी म रिपोर्टर अनि मोडल पनि

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जुलाई 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
293031  

%d bloggers like this: