होइन यो कस्तो प्रमाण पत्र हो ? सक्कली त हो ?

जुलाई 24, 2013 at 5:36 अपराह्न टिप्पणी छोड्नुहोस्

nisha-adhikariअभिनेत्री निशा अधिकारीलाई सगरमाथा चढेको प्रमाणपत्र नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गरेको छ । २०१३ को मई महिनाको २१ तारिकमा गाइडको रुपमा चढेपनि जसरी चढेपनि निशाले सगरमाथा चढेको प्रमाण हो यो । जुन रुपमा चढेपनि विश्वको अग्लो शिखर आरोहण गर्नु भनेको चानचुने कुरा पक्कै होइन । त्यसैगरी विश्वको अग्लो शिखर चुमेपछि पाइने प्रमाण पत्र पनि चानचुने हुने कुरै आएन । तर नेपाल सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिने प्रमाणपत्रमा भने म केही कमजोरीहरु देख्दैछु ।
पहिलो कुरा प्रमाणपत्रमा लेखिएको व्यहोरा पढ्दै थाहा हुन्छ नेपालको सरकारी कार्यालयको कार्यशैली । नेपालीमा र अंग्रेजीमा लेखिएको प्रमाणपत्रमा नेपालीमा लेखिएको ठाउँमा पनि आधा नेपाली आधा अंग्रेजीमा लेखिएको देख्दा नेपाली भाषामा अन्याय भएको देखिन्छ । चाइनिज कम्पनीको गाइडको हैसियतले सगरमाथा आरोहण गरेको हुनाले चाइनिज व्यक्ति र कम्पनीको नाम अंग्रेजीमा लेखिनु स्वभाविकै मान्न सकिएला तर निशा अधिकारी, निशाको ठेगाना त नेपालीमा नै हुनु पर्ने होइन र ? प्रमाणपत्रको तलतिर अंग्रेजीमा नलेखिएको भए अर्कै कुरा तर तलपट्टी अंग्रेजीमा र माथिपट्टी नेपालीमा लेखिएपछि पुरै नेपालीमा लेखेको भए के  बिग्रन्थ्यो र ? त्यति मात्रै नभएर गाइडको हैसियतले ८८४८ मिटर अग्लो सगरमाथा लेख्ने सम्म पनि नेपालीमा नलेखिकन रोमनमा लेखिएको छ । त्यसैगरी नेपाली पनि यूनिकोडमा लेखिएको छ । यी त भए भाषाको कुराहरु । प्रमाणपत्रको डिजाइन हेर्ने हो भने झनै हाँसो उठ्छ । प्रमाणपत्रमा लेखिएको व्यहोरा प्रमाणपत्रको वोर्डर भन्दा बाहिर प्रिन्ट हुनुले मन्त्रालयको डिजाइनर कतिसम्म सम्बन्धित विषयमा दक्ष हुन भन्ने कुरा सीधै अड्कल लगाउन सकिन्छ । र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयजस्तो कार्यालयले विश्वकै अग्लो सगरमाथा सफल आरोहण गरेको प्रमाणको रुपमा दिईने प्रमाण-पत्रमा टाँसिएको फोटो हेर्दा अझै विजोग लाग्छ । अभिनेत्री भएकोले राम्री त छिन नै तर यस्तो एउटा अफिसियल प्रमाणपत्रमा टाँसिने फोटो कतिसम्म फर्मल हुनु पर्ने हो त्यो कि त प्रमाण पत्र दिनेले जानून, कि त पाउने निशा अधिकारीले नै । निशा अधिकारी एउटा पथ प्रदर्शकको रुपमा सगरमाथा आरोहण गरेकी भन्ने समाचारहरु आए, उनले प्रमाणपत्र पनि पाइन तर निशा अधिकारीले एउटा पथ प्रदर्शक बन्नको लागि अनुमति पत्र लिएकी छिन कि छैनन ? छैनन भने कसरी गाइडको काम गर्न पाइन ? र छिन भने कसरी र कहाँ तालिम लिएर अनुमति पत्र पाएकी हुन् ? त्यसो त स्वयम निशा अधिकारीले सगरमाथा आरोहण गर्न जाँदा धेरै गाह्रो भएको कुरा पनि राखेकी छिन् । अरु साथै गएकाहरु निशालाई निकै सहयोग गरेको कुरा पनि उनी आफैले अन्तरवार्तामा भनेकी छिन् । उनी स्वयमलाई अरुले सहयोग गर्नुपर्ने पनि के को पथ प्रदर्शक ?  दिनको ३०० भन्दा माथि गाइड भत्ता पचाउन पनि पाउने, सगरमाथा चढ्दा नेपाल सरकारलाई तिर्नु पर्ने सलामी पनि तिर्नु नपर्ने कति मजा । लौ हामी पनि लाग्ने हो कि सगरमाथा आरोहण गर्न गाइडको रुपमा । विचैमा पसारो परेमा शेर्पाहरू जिन्दावाद । के भो र भत्ता पनि पाइने, गाइजात्रे प्रमाणपत्र पनि ।
यी माथिका कुराहरु हेर्दा नेपाल देश कस्तो अवस्थामा चलिरहेको छ भन्ने कुरा सजिलै अड्कल गर्न सकिन्छ । जे होस् सगरमाथा सफल आरोहण गरेकोमा निशा अधिकारीलाई १० मुरी वधाई ।

Entry filed under: अनुभव.

कविता हिमालयन साँझ-२०१३ को स्मरण

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जुलाई 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
293031  

%d bloggers like this: