Archive for अगस्ट, 2013

ल बधाइ छ नेपाललाइ…

अहिले भर्खरै भएको नेपाल र वंगलादेशको खेलमा नेपालले वंगलादेशलाइ २ गोल गरी पराजित गरेको छ । घरेलु मैदानमा थुप्रै नेपाली दर्शकहरूको हुटिङका साथ नेपालले सानदार विजय पाएको छ । नेपाललाइ यो विजयको घडीमा वधाइ भन्नै पर्छ । अन्य देशमा गएर पनि यसरी नै विजय हुने गरी प्रगति गरेको नेपाली दर्शकहरू हेर्न चाहन्छ । जितेको हुनाले राम्रै भयो यो अर्थमा कि वंगलादेशी खेलाडीहरूलाइ पनि राम्रै भयो । वंगलादेशले जितेको भए नेपाली दर्शकहरूले वोतल र मोवाइलले हिर्काउने थिए विचराहरूलाइ (अगाडिको इतिहासको आधारमा) ।

अगस्ट 31, 2013 at 10:10 अपराह्न टिप्पणी छोड्नुहोस्

बेलायती प्रधानमन्त्री क्यामरूनले नेपाल भ्रमण गर्ने ….रे

नेपाल र बेलायतबीच दौत्य सम्वन्ध स्थापना भएको दुइ शताब्दी हुँदा पनि आजसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । तर सन् २०१४ मा बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले नेपालको भ्रमण गर्ने प्रवल संभावना भएको जानकारी बेलायतको फक्सटन टाउनका पूर्वकाउन्सिलर पूर्वगोर्खा सैनिक धन गुरुङ किरणले दिएका छन् । नेपाल भ्रमणमा आएका गुरुङले पोखरा भ्रमणको क्रममा बिहिवार चिउली पाचे तमु समाजले उनको सम्मानमा आयोजना गरेको कार्यक्रम र प्रेस यूनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा यो जानकारी दिएका हुन् ।
नेपाली मूलका ब्यक्तिले पहिलो पटक बेलायतमा काउन्सिलर पदमा निर्वाचित भएर गुरुङले चार बर्षको कार्यकाल ब्यतीत गरिसकेका छन् भने हाल उनी लिवरल डेमोक्र्याटिक पार्टीको केन्द्रीय समितिको सदस्यसमेत छन् । लिबरल डेमोक्र्याटिक पार्टी बर्तमान समयमा बेलायतमा सत्ता साझेदारीमा छ । (धेरै…)

अगस्ट 30, 2013 at 9:40 अपराह्न टिप्पणी छोड्नुहोस्

जापानमा श्रीकृष्ण पूजा

लमजुङ सेवा समाज, जापानले आयोजना गरेको श्रीकृष्ण पूजा कार्यक्रममा जापानमा रहेका चेलीहरू भगवान श्रीकृष्णको पूजाआजा गर्दै । सायद यसरी पन्डित नै पढाएर पूजाआजा गरिएको जापानमा यो सायद पहिलो होला ।
अर्को महिना जापानमा विभिन्न शहरहरूमा तीज कार्यक्रम आयोजना हुँदैछ । नाचगान, दरखाने, तीजको रमाइलो गर्ने कार्यक्रमहरू हुँदैछन् त्यो पनि समयले भ्याएसम्म ब्लगमा राख्दै जानेछु । अहिलेलाइ भने यो बैनाको रूपमा हेर्नुहोला ।

अगस्ट 30, 2013 at 3:05 अपराह्न टिप्पणी छोड्नुहोस्

लमजुङ समाज टोकियोको तीज कार्यक्रम सम्पन्न

lamjungटोकियो-लमजुङ्ग सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा भगवान श्रीकृष्णको पूजा सहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष ऋतुकुमार दुराको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली दूतावासका महामहिम राजदूतकी धर्मपत्नी श्रीमती अम्विका भट्टराईले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटनपछि कार्यक्रममा सहभागीहरुले नेपाली राष्ट्रिय गान गाएर कार्यक्रमलाई औपचारिकता दिईएको थियो । दुर्इ चरणमा विभाजन गरिएको कार्यक्रममा पहिलो चरणमा भगवान श्रीकृष्णको पूजाआजा गरिएको थियो । पण्डित लिलामणि न्यौपानेद्वारा मन्त्र वाचन गरी सहभागीहरुले विधिवत श्रीकृष्णको पूजाआजा गरे ।
कृष्ण जन्मअष्टमीको अवसरमा यसरी विधिवत रुपमा पूजा गरिएको जापानमा सायद पहिलो भएको पूजामा सहभागीहरुले बताए । भौगोलिक रुपमा आफ्नो जन्मभूमिबाट टाढा रहेर पनि आफ्नो श्रीमानको लामो आयुको कामना सहित कृष्णअष्टमीमा व्रत वसेका नेपाली चेलीहरु विधिवत रुपमा श्रीकृष्णको पूजा गर्न पाउँदा खुशी देखिन्थे ।
गोर्खा सेवा समाजका उपाध्यक्ष कमला काप्रीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा अन्य मन्तव्य राख्नेहरुमा नारी कुन्ज जापानकी अध्यक्ष छक्कु उदासी, माया नेपाली संगीत संस्थाकी अध्यक्ष युको ओकामोतो मल्ल लगायत रहनुभएको थियो ।
कार्यक्रमको सभापति तथा संस्थाका अध्यक्ष ऋतुकुमार दुराले प्रमुख अतिथि भट्टराईलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । (धेरै…)

अगस्ट 29, 2013 at 6:54 अपराह्न टिप्पणी छोड्नुहोस्

लमजुङ सेवा समाजको तीजे कार्यक्रमको सम्पूर्ण तयारी पूरा

टोकियो-लमजुङ सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा श्रीकृष्णको पूजा सहित २८ तारिक वुधवार आयोजना गरेको तीज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको छ ।

सिन कोयन्जीको गोदावरी रेष्टुरेन्टमा साँझको ६ बजेबाट आयोजना गरिन लागेको उक्त तीज कार्यक्रमको उद्घाटन नेपाली दूतावास टोकियोका महामहिम राजदूतकी धर्मपत्नीबाट गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा तीजे गीत प्रतियोगिता  पनि हुने जनाएको छ ।

तीजे गीत प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई साडी पुरस्कार दिइने कार्यक्रम पनि रहेको छ । उक्त पुरस्कारको प्रयोजन इजी लिंक रेमिटेन्सले गर्ने भएको छ । साथसाथै सो कार्यक्रममा गोर्खा सेवा समाजको पनि नैतिक सहयोग हुने बताएको छ ।
(धेरै…)

अगस्ट 27, 2013 at 7:37 अपराह्न टिप्पणी छोड्नुहोस्

यदि फेसबुकको कारणले यस्तो भए के गर्नुहुन्छ ?

facebookहोशियार यसो गर्दा पनि फेसबुक उसो गर्दा पनि फेसबुक नगर्नुहोला । तपाइको पछाडि कोहीले तपाइलाइ खोजिरहेको हुनसक्छ । एकैछिन यो फेसबुक जादू हेर्नुस् अनि गहिरिएर सोच्नुहोस् ।

जादु हेर्न यहाँ क्लिक गर्नुहोस् । अनि कनेक्ट विथ फेसबुक भन्नेमा क्लिक जानुहोला ।

अगस्ट 27, 2013 at 4:53 अपराह्न टिप्पणी छोड्नुहोस्

कत्तिको मेल खाला त अन लाइनको मत सर्वेक्षणले ?

sarveएनआरएन जापानको मतदान गर्ने समय सकिएको छ । हुलाक मार्फत पठाइएका मतपत्रमा मत राखेर निर्वाचन कमिटीलाई मत पठाउने कार्य भैरहेको जानकारी आएको छ । मतदाताहरुले पठाएको मत सबै निर्वाचन कमिटी समक्ष आईसकेपछि मत गणना कार्य होला । विजयको माला पहिरिन आतुर विजेता उम्मेदवारहरुमा अझै पनि जितिने हो कि हारिने पो हो भन्ने त्रास मत गनेर परिणाम नआएसम्म रहिरहनेछ । अनुमानकै भरमा फलानो उम्मेदवार र ढिस्कानो उम्मेदवारले जित्छ भनेर बाजी मार्नेहरु पनि नभएका भने होइनन । तर हारजितको छिनोफानो भने मत गणना भएर निर्वाचन कमिटीले नजिता सार्वजनिक नगरेसम्म यसै भन्न सकिन्न । सबैले हचुवाकै भरमा भन्ने त हुन यसले जित्छ र उसले जित्छ भनेर । (धेरै…)

अगस्ट 27, 2013 at 1:52 अपराह्न टिप्पणी छोड्नुहोस्

भालुको रीस खनिया माथि… कति दुःख दिन्छौ दिन पनि?

“भालुको रीस खनिया माथि” भन्थे साँच्चै रहेछ । वाँचिवस्नु पर्छ नानाभाँती देख्न पाईन्छ हाम्रो नेपालमा । अहिलेसम्म केही निहु नपाएका अध्यागमनका कर्मचारीहरू घुस खान नपाएको रीसमा अहिले यतिखेर रगत खान नपाएको बाघ झैं भएका छन् । भाषाको कारण निकालेर विदेश जानेहरूलाई विनाकारण रोक्न थालेको छ । भीषामा लेखिएको भाषा नबुझिने भाषामा लेखिएको भन्दै विशेष गरी खाडी मुलुकहरूमा जान लागेकाहरूलाई एयरपोर्टमै अलपत्र पारिदिएका छन । जे सन्की चल्छ त्यही नियम लागू गर्न थालेका छन आजभोलि । भ्रष्टचारको अभियोग लागेर भकाभक कर्मचारीहरू पक्रन थालेपछि अक्तियारको ध्यान अन्तै मोड्न यस्तो गरिएको पनि हुन सक्छ । कति त विदामा वस्न थालेका छन् । कतिले पत्रिकामा विज्ञापन नै छपाएर अक्तियारलाई घुर्की देखाएका छन् ।
३५ जना कतार जान लागेका कामदारहरूलाई एयरपोर्टमै अलपत्र पारे । भिषामा लेखिएको भाषा वुझिएन रे । खाडी मुलुक भएकोले अरवी भाषा र अंग्रेजीमा पनि लेखिएको थियो तर उनीहरूले वुझेनन् रे । दुईचार रुपैयाँ दक्षिणा पाएको भए वुझ्थे होला के गर्नु ? सरकारी स्तरवाट नै अव नेपालीमा पनि लेख्नु पर्यो भनेर पहल गर्नुपर्ने भयो । (धेरै…)

अगस्ट 26, 2013 at 11:19 अपराह्न टिप्पणी छोड्नुहोस्

जापानमा नेपाली माथि अज्ञात व्यक्तिले सांघातिक आक्रमण

नेपालीहरू जहाँ गए पनि लड्न र भीडन नम्वर एकमा आउँछन् । इतिहास देखि नै हामी लड्न सुरो भनेर विश्वमा चिनिंदै आएका पनि छौ । त्यसैले त भनेका छन् एकजना विदेशीले “मर्न डर लाग्दैन भनेर कसैले भन्छ भने त्यो कि त पागल हो कि त गोर्खाली” । हामी हिंग नभए पनि हिंग हालेको टालो हौं । लडाइ झगडा र हामी गोर्खाली एक अर्काको परिपुरक हौं ।
यतिखेर जापानमा पनि नेपालीहरूको उल्लेख्य वृद्दी भइरहेको छ । टोकियोको सिन्जुकु वार्ड यतिखेर नेपालीहरूको उल्लेख्य वसोवास भएको ठाउँ मध्ये एक हो । केही समय अगाडिको आँकडाले देखाए अनुसार टोकियोको सिन्जुकु वार्डमा मात्रै हजार, पन्ध्र सय नेपालीहरू वस्छन् । कोरिया टाउन भनेर सिनओकुवो-ओकुवो क्षेत्रलाइ भनेर भनिए पनि अहिले नेपालीहरू पनि कम छैनन् । यस्तै हिसावले बढ्ने हो भने भोलि नेपाली टाउन हुनसक्छ यतै कतै । हुन पनि सिनओकुवो क्षेत्रमा हिंड्दा खेरी नचिनेको नेपालीहरू नभेटिएको नठोकिएको दिनै हुँदैन । जता हेर्यो उतै नेपाली । कहिले कांही त मलाइ म जापानमा होइन नेपालमा नै छु कि जस्तो भान हुन्छ । (धेरै…)

अगस्ट 26, 2013 at 5:41 अपराह्न टिप्पणी छोड्नुहोस्

नेपालीहरू त जातै महाराज, हाम्रो शिक्षालाई कुरी-कुरी

विदाको दिन वाहिर निस्कन पनि झ्याउ लाग्छ । वाहिर निस्के पनि मान्छेहरूको भीडमा हराउँछु । घरमै वसेर पनि केही गर्ने जाँगर लाग्दैन । त्यसै अल्याङ फल्याङ गर्यो विदा सिद्धिहाल्छ । हुन पनि जापानमा समय कति छिटो जान्छ भन्या । हुनत संसारकै समय एउटै हो तर पनि व्यस्तताको कारणले विदेशमा समय छिटो जान्छ भन्ने सबैको अडकल छ ।
के गरूँ के नगरूँ भनेर सोचिराखेको वेला एक जनाको फोन आयो । नचिनेको नम्वर थियो । मैले उठाएँ । उसले सोध्यो को वोल्नु भएको ? तपाई आफै फोन गर्नुहुन्छ अनि मलाई को बोलेको भन्नुहुन्छ, तपाई नै भन्नुस न को वोल्नुभएको ? -मैले उसैलाई सोधें । उसले भन्यो- म रमेश वोलेको । मैले भनें रमेश के ? पुरा नाम र काम भन्नुस् । उसले गाह्रो मान्दै आफ्नो पुरा नाम र काम भन्यो ।
होईन नेपालीहरू विदेश आएर अरू त त्यस्तै हो फोन गर्न पनि जान्दैनन् भन्या । देश अनुसारको भेष भने झैं साधारणतया फोन गर्न त जान्नुपर्छ । नचिनेको व्यक्तिलाई फोन गर्दा आफ्नो पुरा नाम, अवस्था अनुसार आफ्नो ठेगाना र भेटन खोजेको व्यक्ति र काम भन्ने चलन छ । अझ जापानी कम्पनी अर्थात व्यक्तिलाई फोन गर्नुपरेको खन्डमा सवैभन्दा पहिले आफ्नो पुरा नाम, ठेगाना, फोन नम्वर र कामको कुरा गरिन्छ तर नेपालीहरु सीधै तपाई को वोलेको रे । अझ अर्को कुरा जापानमा कसैसँग दोस्रो व्यक्तिको फोन नम्वर माग्नु र दिनु भनेको सीधै प्राईवेसीको दृष्टिकोणले अपराध हो । तर हामीहरू सजिलै जसलाई जस्को नम्वर पनि दिन्छौं । कतिपयले त फेसवुकमा फोन नम्वर, पासपोर्ट नम्वर, व्लड ग्रुप सम्म राखेका हुन्छौ । वास्तवमा भन्ने हो भने सुरक्षाको दृष्टिले यो अति नै खतरा हो । (धेरै…)

अगस्ट 25, 2013 at 4:45 अपराह्न 1 comment

आउनुहोस् सासिमी हेरूँ…

भन्ने हो भने यो साधारण स्लाईस वनाएर काटिएको सामोन भन्ने माछा मात्र हो तर यसैलाइ सजाएर बनाउने हो भने कस्तो आकर्षक हुन्छ हेरौ त । मैले इजाकायमा काम गर्दा बनाएको यो सामोनको फूल…. । कहिलेकाही फुर्सदको वेलामा यसरी आकर्षक तरिकाले वनाएर लैजाँदा पाहुनाहरू खुव रमाउँथे । साँचै भन्ने हो भने जापानीहरू खाने कुरामा अति नै सौखिन हुन्छन् । त्यसैले त एक आपसमा भेट हुँदा उनीहरू कि त मौसमको कि त खाने कुराको कुरा गर्छन । हामी नेपालीहरू भेटनासाथ राजनीतिको कुरा गर्छौं । भनिन्छ खानेकुरा उनीहरू आँखाले पहिले खान्छन् रे । त्यसपछि मुखमा राखेर स्वाद लिन्छन । खानेकुरालाई उनीहरू अति नै आदार गर्दछन । हुन पनि खानाकै लागि त हो मान्छेले दुःख गर्न पर्ने होईन र ? sasimi

अगस्ट 24, 2013 at 7:44 अपराह्न टिप्पणी छोड्नुहोस्

इच्छा आफ्नो आफ्नो…

kapakko-styleकति दिक्क लाग्दो कुरा मात्र गर्ने सँधभरी ? यसो कुनै बेला त रमाइलो पनि गरूँ न भनेर यसो इन्टरनेटमा खोज्दै गएको यस्तो फोटो पनि देखियो ।

ल हेरौ त कस्तो मजाले कपाल काटेको ? कसैको इच्छा पनि अनेक खालका हुन्छन् । कपाल काटेर ट्याक्कै माउसुली हो कि छेपाराको सेपमा कपाल काटेको हरिपै छैन त ? यसो घोरिएर हेर्यो भने त कता कता डर डर पनि लाग्छ । तर जे होस मान्नै पर्छ यो मान्छेको कपाल फेसनलाइ । तपाइ पनि यस्तै गर्ने कि ?

 

अगस्ट 24, 2013 at 7:12 अपराह्न टिप्पणी छोड्नुहोस्

ओठ तालु सुक्यो ए-नारान उम्मेदवारहरूको…

e-nrnएनआरएनको उम्मेदवारहरुको यतिखेर ओठ तालु सुकेको अवस्था छ । पोष्टल भोटको लागि निर्वाचन कमिटीले मतपत्र मतदाताहरुको घरमा पठाईसकेको अवस्थामा यतिखेर मत पत्र पुग्ने क्रम पनि जारी रहेको बुझिएको छ । टोकियो भन्दा टाढा टाढाको क्षेत्रहरुमा अझै मतपत्र नपुगेको गुनासोहरु पनि सुनिएको छ । ओसाका, नागोया लगायतका क्षेत्रहरुमा सामुहिक भोट हालेको तथ्यहरु पनि खुलेको छ । मतदाताले आफनो घरमै बसेर आफूलाई मन परेको व्यक्तिलाई भोट दिने व्यवस्थाको लागि पोष्टल भोटको व्यवस्था गरिएको थियो ।
पोष्टल भोट खुसुक्क आफुलाई मन परेको व्यक्तिलाई दिन पाइने मत भए तापनि मतदाताहरु आफू आफूमा सल्लाह गरेर भोट हाल्ने सुरसार गरेको बुझिएको छ । त्यसो त एकछापे भोट पर्न सक्ने कारणले कतिपय उम्मेदवारहरुलाई चिन्ताको विषय बनेको छ ।
हेरौ केही दिनमा नै नजिता त थाहा होला अनि साँच्चै मत हाल्न पाउनेहरुले मत पनि हाल्नुभयो होला । हाल्नुहोला । तर अहिले लाइ साँचिकै मतदान गर्न नपाउनेहरूलाइ भनेर मतदानको व्यवस्था गरिएको छ । एकछिनलाई तपाई पनि भोट हाल्ने भए आउनुहोस भित्र । (धेरै…)

अगस्ट 23, 2013 at 5:42 अपराह्न 1 comment

चुनावको भोटिङ शुरू भै सक्यो के को उम्मेदवारीको घोषणा हो ?

दिउँसो फुर्सद हुँदा यसो समाचार हेर्नु पर्यो भनेर जापानका समाचारहरु हेरेको …त… आम्मा…मा…मा…मा जापानको समाचारमा त पुरै एनआरएनमय पो भएछ भन्या । वास्तवमा चुनाव भनेपछि त मान्छेलाई त्यसैत्यसै रन्को लाग्ने पो रहेछ त । निर्वाचन कमिटीले हुलाक भोटको लागि सम्पूर्ण मतपत्रहरु हुलाक मार्फत चलानी भैसकेको समाचार दिईसकेको छ । टोकियो ’roundका क्षेत्रहरुमा त मतपत्रहरु मतदाताहरुकोमा पुगिसकेको खबर पनि आएको छ । अव उनीहरुले त मत राखेर फिर्ता पनि पठाउन लागिसके होला तर कतिपय जापानको मिडियाहरुमा भने अझै उम्मेदवारहरुको उम्मेदवारी घोषणा भन्ने हेड न्यूजहरु देख्दा हाँसो लाग्यो । (धेरै…)

अगस्ट 22, 2013 at 6:34 अपराह्न टिप्पणी छोड्नुहोस्

जवाफ दिने वेला …हान्नुस झापड

एनआरएन जापानको चुनावी माहौलले वातावरण तातेको छ । ओसाकामा भएको अधिवेसनले नयाँ कार्यसमितिको चयनमा सहमति जुटाउन नसकेपछि एनआरएन जापान यतिखेर चुनावै गरेर नयाँ कार्य समितिको चयन गर्ने प्रक्रियामा लागेको हो । त्यसो त मतदाताहरूले घरमै वसीवसी आफूलाई मन पर्ने उम्मेदवारलाई भोट दिन सक्नेछन् । निर्वाचन कमिटीले मतपत्र चलानी भैसकेको कुरा जानकारी दिएको छ । घरमै हुलाक मार्फत आएको मत पत्रमा सोचेर विचार गरेर सही र सामुहिक उच्च विचार भएको उम्मेदवारको छनौटमा आफ्नो अमूल्य मत प्रयोग गर्न पाउनेछन ।
यदि मतदान केन्द्र नै खडा गरी भोट दिने व्यवस्था गरेको भए धाँधली हुने, डरधम्की देखाउने, करकापमा पारिने सम्भावना रहन्थ्यो । जित्नेलाई पक्कै जसदिने थिएन होला । एक पक्षले जितेको भए पाखुरा देखाएर जिते भन्ने ठाउँ रहन्थ्यो, अर्को पक्षले जितेको खन्डमा जालसाजी गरेर जिते भनेर एक आपसमा दोषारोपण गर्ने अवस्था आउने स्थिति थियो तर यसको निराकरणको लागि पोष्टल भोटको व्यवस्था गरेर निर्वाचन कमिटीले अति नै उत्तम वाटो रोज्न सफल भएको छ । मतदाताले घरमै वसेर भोट दिन मिल्ने भए पछि न त पाखुरेहरूले पाखुरा देखाउने मौका पाए न त वुद्धिजीवी भनाउँदाहरूले जालसाजीको दिमाग लडाउन पाए । वरू मतदाताहरूले मै हुँ भनि कुर्लिनेहरूलाई सडाउने वेला आएको छ । विदेशी भूमिमा आएर पनि नेपाली पारामा गुठ उपगुठ वनाएर समाजसेवाको नाममा सीधा नेपालीहरू माथि राजनीति गर्नेहरूलाई गतिलो झापड हान्ने यो भन्दा सुनौलो मौका अरू हुन सक्दैन र अर्को अवसर आउला नै भनेर भन्न पनि सकिन्न । मतदाताहरूले नेता भनाउँदाहरूको मुखमा लोप्पा खुवाउने यो अवसर कसै गरे पनि गुमाउन हुँदैन । (धेरै…)

अगस्ट 22, 2013 at 10:02 बिहान टिप्पणी छोड्नुहोस्

एनआरएन जापानको पोष्टल भोट दिने तरिका (भिडियो)

एनआरएन जापानको आगामी उम्मेदवारहरूको चयन गर्न पोष्टल भोटको लागि मतदाताहरूकोमा मतपत्र चलानी भैसकेको जानकारी निर्वाचन कमिटीले दिईसकेको छ । मत गोप्य र सुरक्षित बनाउनको लागि सोही अनुसारको तयारीको साथ मतपत्रहरू मतदाताहरूको ठेगानामा पठाएको कुरा बुझिएको छ । तपाई पनि भोट दिंदै हुनुहुन्छ भने आउनुहोस् कसरी सुरक्षित भोट दिन सकिन्छ र तपाईको भोट सुरक्षित बनाउन के-के आवश्यक पर्दछ हेरौं भिडियो ।

अगस्ट 21, 2013 at 11:15 अपराह्न टिप्पणी छोड्नुहोस्

कोरियाको सस्तो गेष्ट हाउस

यो गेष्ट हाउस कोरियाको मेन सेन्टरमा रहेको तर अति सस्तो । आज धेरै पछि याद आयो जुन २ वर्ष अगाडि कोरिया जाँदा खिचेको हुँ । यसो याद आएर व्लगमा राखेको हुँ । तपाई पनि कोरिया जाँदै हुनुहुन्छ भने यसलाई नभुल्नुहोला ।
image

अगस्ट 17, 2013 at 9:19 अपराह्न टिप्पणी छोड्नुहोस्

क्यान्डी क्रसले हैरान बनायो भन्या…

विहान विहानै मोवाइलमा म्यासेज आउँछ के के न आयो होला भनेर यसो हेरेको त क्याण्डी क्रस खेलको रिक्वेष्ट भन्या । हैन हैरानै पार्यो भन्या यो क्यान्डी क्रस कि के क्रसले पनि । खेल्दिन भनेर मन मारेर बसे पनि कसैले फुत्त लाइफ पठाइदिन्छन भन्या । अनि खेल्छु फेरि कहिलेकाहीं त । त एक दिन विहान अफिस पुग्ने वित्तिकै एउटा म्यासेज आयो अफिसियल काम होला भनेको त म्यासेजमा लेखिएको थियो ‘ओई मलाई खोला कटाई देत अरे’ म त कति हाँस्ने भन्या । कुरो के भने क्याण्डी क्रस भन्ने अहिलेको लोकप्रिय मध्येको एक खेलमा निश्चित लेवलसम्म खेलेपछि निश्चित लेवल पार गर्नको लागि साथीबाट अनुमति अर्थात टिकट लिनुपर्ने हुन्छ । ३ जना साथीले पठाईदिए पछि वल्ल अर्को लेवलमा पुगिन्छ र अरु माथिको लेवल खेल्न मिल्छ यदि साथीहरुले टिकट पठाईदिएन भने त्यही अडकिएर बसिरहनु पर्दछ । लाईफ सकियो भने त केही समयपछि आफै आउँछ तर यो टिकट भने कसै न कसैले पठाई दिन नै पर्ने हुन्छ । विचरा मेरो साथीलाई कसैले पनि पठाई दिएनछ क्यारे मलाई म्यासेज गर्यो भन्या । म पनि भर्खर अफिस पुगेको र अलि अलि व्यस्त भएकोले केही प्रतिक्रिया नजनाएको त फोन नै गरेर लौन मलाई खोला कटाई देत भन्छ वा । म त कति हाँस्ने अनि केही सीप नलाएर पठाई दिएँ टिकट । लौ जा पैसा लाग्ने टिकट पठाउन नसके पनि फ्रीमा पठाउन मिल्ने टिकट त म जति भए पनि पठाई दिन्छु नि । गेम त खेल्नुस तर कतिपय साथीहरु त काममा नै नगई कन अनि थुप्रै पैसा खर्च गरेर यो गेम खेलेको पाइएको छ । त्यसो भने कदापी नगर्नुहोला । जय क्याण्डी क्रस ।मोवाइल

 

अगस्ट 17, 2013 at 8:30 अपराह्न टिप्पणी छोड्नुहोस्

ल हेरौं फोटो यात्रा… वास्तविक पत्रकारिता

जापानमा पत्रकार हुँ भन्नेहरूको ’boutमा जानकारी लिनको लागि हेरौं यो फोटो यात्रा…

This slideshow requires JavaScript.

(धेरै…)

अगस्ट 16, 2013 at 12:20 अपराह्न टिप्पणी छोड्नुहोस्

सरकारी छाप दस्तखत कीर्ते

विराटनगर- पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा प्रहरी जवान पदमा आवेदन फारम भर्न आएका जिल्ला उदयपुर रामपुर ठोक्सिला गाविस-२ निवासी २२ वर्षीय खगेन्द्र बस्नेतको नक्कली र्सर्टिफिकेट रहेका कारण आज पक्राउ परेका छन् ।
आवेदकले आवेदन फारमसहित पेस गरेको पब्लिक हर्दिया सेकेन्डरी स्कुल धरान-१२ बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको मार्कसिट तथा प्रमाणपत्र शङ्का लागि जाँच गर्दा निजले पेस गरेको मार्कसिट र प्रमाणपत्र नक्कली भएको भन्ने खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो ।
निजलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
यसैगरी, मोरङ शनिचरे- ८ नयाँ सोमबारी बस्ने वर्ष ३२ को भीमबहादुर जोगी आफ्नो घरकोठामा प्लास्टिक डोरीको पासो लगाई झुन्डी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

अगस्ट 14, 2013 at 8:30 अपराह्न टिप्पणी छोड्नुहोस्

सरकारी कर्मचारीको उदेकलाग्दो अंग्रेजी ज्ञान

‘राजाको काम कहिले जाला घाम’ भन्ने चलन थियो पहिले पहिले । हालैका दिनहरुमा आएर त्यो उखान पनि परिवर्तन भएको जस्तो लाग्छ – ‘सरकारी काम कहिले जाला घाम’ । भन्नलाई नाम र ठाम (ठाम=ठाऊँलाई बोलीचालीको भाषामा) अनुसारको काम, काम अनुसारको दाम अनि फेरि दाम अनुसारको माम पनि भनिन्छ । नाम, ठाम, काम, दाम र मामको सम्बन्ध रिङ्डको बाटो जस्तो फनक्कै घुमेर जोडिएको छ एक आपसमा । यिनीहरुको सम्बन्ध यति घनिष्ट भएर जोडिएको छ कि यिनीहरू सबै एक अर्काका परिपुरक हुन । त्यसैले भनिने गरिन्छ जस्तो काम त्यस्तै माम । तर सँधैभरी यी कुराहरू सही सलामत हुँदैनन् ।
passport-english (धेरै…)

अगस्ट 14, 2013 at 5:39 अपराह्न टिप्पणी छोड्नुहोस्

म त नक्कली पत्रकार रे

एकजना एनआरएनका जल्दावल्दा नेताले -“ए नक्कली पत्रकार काम छैन तिम्रो ?” भन्नुभयो । हुन पनि उहाँले ठीकै भन्नुभयो । मेरो भन्नु भन्दा पनि हाम्रो भन्न रूचाउँछु म । हामी पत्रकारहरूको न त कामै छ न त फुर्सद नै ।  उनै नेताहरूको घम्साघम्सीको कुरा लेख्यो वस्यो के नै काम छ र? तर नक्कली र सक्कलीको विषयमा चाहीं उहाँले हचुवाको भरमा भन्नुभए झैं लाग्छ । या त मजाक गर्नु भएको । तर जे होस भन्नुभयो राम्रै भयो । मजाकै गरेर भन्नुभएको भए पनि त्यसले फाईदा नै गर्यो किनकी एउटा सानो प्रश्न भए पनि मैले सोध्ने मौका पाएँ । कुरा के भने एनआरएनको अर्थ सवै विदेशमा वस्ने नेपालीहरूलाई थाहा होला । यदि थाहा नभएको कोही हुनुहुन्छ भने थाहा भएकाहरूलाई सोध्नुस् । नेपालीमा भन्नुपर्दा गैर-आवासीय नेपाली भन्ने बुझाउँछ क्यारे । यसको साधारण सदस्य वन्न पनि नेपाली नागरिकता अर्थात राहदानी हुनुपर्छ कि कसो हो ? यदि त्यसो होईन भने भन्नुहोला । र नेताज्यू भारतीय राहदानी बोकेको मान्छे तपाईको एनआरएनको सदस्य या भनौं त्यो भन्दा माथिको जिम्मेवारी पदमा रहन्छ भने त्यो नक्कली हो कि सक्कली ? (धेरै…)

अगस्ट 11, 2013 at 11:27 अपराह्न टिप्पणी छोड्नुहोस्

नयाँ डिजाईनको टायर विनाको साईकल

20130811-212841.jpg“आईडियाले ईन्डिया घुम्न सकिन्छ” भन्थे यहाँ आईडियाले टोकियो घुम्नेको नयाँ आईडियाको साईकल हेर्नुस् । सायद टायर पन्चर भएर होला अर्को पनि फालेर टायर विनाको साईकल चलाएको । यो सजाउन राखेको भने होईन । यसैमा चढेर किनमेल गर्न हिंडेको देखियो ।

अगस्ट 11, 2013 at 9:01 अपराह्न टिप्पणी छोड्नुहोस्

हेर्नुहोस केही फोटाहरू अनि ठाउँ चिन्नुस्

This slideshow requires JavaScript.

अगस्ट 11, 2013 at 10:08 बिहान टिप्पणी छोड्नुहोस्

के मेरो गाउँ स्वर्गजस्तो छैन र ?

imageएक वर्ष अगाडि नेपाल जाँदा खिचेको यो फोटो कस्तो लाग्यो तपाईलाई ? के साँच्चै रमाईलो छैन र ? सवै जना आजभोलि सुखी वने, शहरतिर झरे । यो गाउँघर शुनशान वनेको छ आजभोलि । छोराहरू कमाउने निहुले विदेशिए, वुहारीहरू नातीनातिना पढाउने निहुले गाउँ छाडे । गाउँमा वुढाखाडा मात्रै भए । हावापानी स्वच्छ छ, त्यसो त कच्ची वाटो पुगेको छ, सवैको घरमा टुकीको साटो विजुली वल्छ अचेल तर पनि कोही वस्न चाहँदैनन् यो स्वर्गजस्तो गाउँमा आखिर किन ? के यो गाउँ रमाईलो छैन र? (धेरै…)

अगस्ट 10, 2013 at 1:41 बिहान टिप्पणी छोड्नुहोस्

अुनभव-अनुभूति

म सानो छंदा बारम्बार छिमेकीकोमा नून पैंचो माग्न गएको याद अझै ताजै छ । आफूलाई माग्ने भनेपछि साह्रै लाज लाग्ने सानैदेखि तर के गर्ने परिस्थिति त्यस्तै पर्ने । अझै पनि अैंचो पैंचो, सरसापटले नै धानिएको छ सरल ग्रामीण परिवेश । वर्षमा एक पटक वर्षभरीको लागि नूनतेल खरीद गर्न वजार जान्थे गाउँलेहरू । वाटोघाटोको सुगमता नभएको करणले वारम्वार र एक्लोदुक्लै जान सक्ने अवस्था थिएन वजारसम्म । कथंकदाचित आधी वर्षमै नूनतेल सकियो भने छिमेकीमा पैंचो मागेर चलाउनु भन्दा अरू उपाय हुँदैनथ्यो । कोदोमकै, सागसब्जी भए आफ्नै वारीमा फलाउन पनि सकिन्थ्यो तर नून तेल नभै पनि नहुने, आफै उत्पादन गर्न पनि नसकिने । नून नभए अलुनो तरकारी खानु पर्ने र तेल नभए अँध्यारोमा नै केही समय गुजारा गर्नुपर्ने हुन्थ्यो कहिलेकाहीं त । त्यो भन्दा लाज पचाएर भएपनि छिमेकीकोमा माग्न जानु सिवाय अरु उपाय हुँदैनथ्यो । (धेरै…)

अगस्ट 9, 2013 at 12:43 बिहान टिप्पणी छोड्नुहोस्

यसो बसिवियाँलोको बेला…

Tokyo-Gasनेपालमा सँधैको ग्याँसको अभाव । कहिलेकाहीं त खाना पकाउँदा पकाउँदै सकिन्छ भन्या । सँधैभरी सिलिन्डरमा कति ग्याँस छ, बजारमा ग्याँसको अवस्था कस्तो छ सँधै चनाखो हुनु पर्ने अवस्था छ । पैसा तिर्छु भने पनि ग्याँस पाउन मुस्किल हुन्छ नेपालमा । तर विकसित देशहरुमा कोठा भाडामा लिएर बसेपछि, ग्याँसको विल प्रत्येक महिना बुझाएपछि कहिल्यै ग्याँस रोकिंदैन । यहाँसम्म कि आफैलाई आफ्नो कोठामा ग्याँस सकिएको थाहा हुँदैन । यस्तै ग्याँस सम्बन्धी रोचक घटना केही अगाडि मैले यसै ब्लगमा लेखेको थिएँ । तर आज भने यो फोटो हेर्नुहोला । एउटा घरमा हरेक कोठामा जोडिएको ग्याँस लाईनको मिटर एकै ठाउँमा मिलाएर राखिएको छ । तपाईलाई कस्तो लाग्यो – मलाई भने रोचकै लाग्यो र एउटा क्लिक ठोकिहालें । कहिले होला यस्तो नेपालमा –

अगस्ट 7, 2013 at 2:11 अपराह्न टिप्पणी छोड्नुहोस्

सम्झना सगरमाथा महोत्सवको…

everest-festibal जापानको टोकियो टावरमा भएको सगरमाथा महोत्सवमा प्रदर्शनीमा राखिएको नेपालको हिम श्रृंखलाहरुको फोटो अवलोकन गर्दै एक जापानी नागरिक ।

अगस्ट 7, 2013 at 12:08 अपराह्न टिप्पणी छोड्नुहोस्

सांगीतिक कार्यक्रममा कम्मर मर्काउँदै नेपालीहरू

नेपाली नारीहरूको महान चाड तीज नजिकिंदै जाँदा टोकियोमा विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना हुनेक्रम बढेको छ । हिजो मात्रै टोकियो निसी निप्पोरीमा रहेको आरती रेष्टुरेन्टको जन्म दिन अरे । सोही अवसरमा विगत केही महिनादेखि टोकियोमा रहेका नेपाली लोकदोहोरीका प्रख्यात कलाकारद्वय विलन थापा र मिना लामाको उपस्थितिमा टोकियो ’round बस्ने नेपालीहरूले धोको फेरेर नाचे, गाए अनि रमाए पनि । त्यही अवसरमा खिचेको भिडियो हेर्नुहोस अनि आनन्द लिनुहोस् ।

अगस्ट 5, 2013 at 6:28 अपराह्न टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

अगस्ट 2013
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031