यसो बसिवियाँलोको बेला…
अगस्ट 7, 2013 at 2:11 अपराह्न टिप्पणी छोड्नुहोस्
नेपालमा सँधैको ग्याँसको अभाव । कहिलेकाहीं त खाना पकाउँदा पकाउँदै सकिन्छ भन्या । सँधैभरी सिलिन्डरमा कति ग्याँस छ, बजारमा ग्याँसको अवस्था कस्तो छ सँधै चनाखो हुनु पर्ने अवस्था छ । पैसा तिर्छु भने पनि ग्याँस पाउन मुस्किल हुन्छ नेपालमा । तर विकसित देशहरुमा कोठा भाडामा लिएर बसेपछि, ग्याँसको विल प्रत्येक महिना बुझाएपछि कहिल्यै ग्याँस रोकिंदैन । यहाँसम्म कि आफैलाई आफ्नो कोठामा ग्याँस सकिएको थाहा हुँदैन । यस्तै ग्याँस सम्बन्धी रोचक घटना केही अगाडि मैले यसै ब्लगमा लेखेको थिएँ । तर आज भने यो फोटो हेर्नुहोला । एउटा घरमा हरेक कोठामा जोडिएको ग्याँस लाईनको मिटर एकै ठाउँमा मिलाएर राखिएको छ । तपाईलाई कस्तो लाग्यो – मलाई भने रोचकै लाग्यो र एउटा क्लिक ठोकिहालें । कहिले होला यस्तो नेपालमा –
Trackback this post | Subscribe to the comments via RSS Feed