Archive for अगस्ट 9, 2013
अुनभव-अनुभूति
म सानो छंदा बारम्बार छिमेकीकोमा नून पैंचो माग्न गएको याद अझै ताजै छ । आफूलाई माग्ने भनेपछि साह्रै लाज लाग्ने सानैदेखि तर के गर्ने परिस्थिति त्यस्तै पर्ने । अझै पनि अैंचो पैंचो, सरसापटले नै धानिएको छ सरल ग्रामीण परिवेश । वर्षमा एक पटक वर्षभरीको लागि नूनतेल खरीद गर्न वजार जान्थे गाउँलेहरू । वाटोघाटोको सुगमता नभएको करणले वारम्वार र एक्लोदुक्लै जान सक्ने अवस्था थिएन वजारसम्म । कथंकदाचित आधी वर्षमै नूनतेल सकियो भने छिमेकीमा पैंचो मागेर चलाउनु भन्दा अरू उपाय हुँदैनथ्यो । कोदोमकै, सागसब्जी भए आफ्नै वारीमा फलाउन पनि सकिन्थ्यो तर नून तेल नभै पनि नहुने, आफै उत्पादन गर्न पनि नसकिने । नून नभए अलुनो तरकारी खानु पर्ने र तेल नभए अँध्यारोमा नै केही समय गुजारा गर्नुपर्ने हुन्थ्यो कहिलेकाहीं त । त्यो भन्दा लाज पचाएर भएपनि छिमेकीकोमा माग्न जानु सिवाय अरु उपाय हुँदैनथ्यो । (धेरै…)