के मेरो गाउँ स्वर्गजस्तो छैन र ?
अगस्ट 10, 2013 at 1:41 बिहान टिप्पणी छोड्नुहोस्
एक वर्ष अगाडि नेपाल जाँदा खिचेको यो फोटो कस्तो लाग्यो तपाईलाई ? के साँच्चै रमाईलो छैन र ? सवै जना आजभोलि सुखी वने, शहरतिर झरे । यो गाउँघर शुनशान वनेको छ आजभोलि । छोराहरू कमाउने निहुले विदेशिए, वुहारीहरू नातीनातिना पढाउने निहुले गाउँ छाडे । गाउँमा वुढाखाडा मात्रै भए । हावापानी स्वच्छ छ, त्यसो त कच्ची वाटो पुगेको छ, सवैको घरमा टुकीको साटो विजुली वल्छ अचेल तर पनि कोही वस्न चाहँदैनन् यो स्वर्गजस्तो गाउँमा आखिर किन ? के यो गाउँ रमाईलो छैन र?
यही घरको कोर्कोमा हुर्किएको हुँ म । आज नौलौ लाग्छ मलाई । अहिले समयले टाढा वनाएको छ मलाई । मलाई लाग्छ कुनै दिन यो घर फर्केर पिंढीमा लम्पसार परेर सुत्नेछु अनि भन्नेछु जन्म घर भनेको जन्म घरै हो । माथि फोटोमा देखिएको जस्तो साह्रै रसिलो काँक्रो हामी अल्लारे हुँदा वोरा भरीभरी चोर्थौं । खाने खान्थौ खाईनसकेको काठको चार खुट्टा वनाएर गोरू वनाईदिन्थ्यौं अनि डोकोभरीको घाँस हालेर छाडिदिन्थ्यौं । त्यो दिन अव फर्केर कहिले आउने ? त्यो वास्तविक दिन फर्केर नआए पनि सम्झना भने सँधै आईरहन्छ । त्यसैले त सोध्न पनि मन लाग्छ – ‘तिम्रो हाम्रो पुरानो कुरा, विर्सियौ कि मनैमा छ पुरा ?
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed