क्यान्डी क्रसले हैरान बनायो भन्या…
अगस्ट 17, 2013 at 8:30 अपराह्न टिप्पणी छोड्नुहोस्
विहान विहानै मोवाइलमा म्यासेज आउँछ के के न आयो होला भनेर यसो हेरेको त क्याण्डी क्रस खेलको रिक्वेष्ट भन्या । हैन हैरानै पार्यो भन्या यो क्यान्डी क्रस कि के क्रसले पनि । खेल्दिन भनेर मन मारेर बसे पनि कसैले फुत्त लाइफ पठाइदिन्छन भन्या । अनि खेल्छु फेरि कहिलेकाहीं त । त एक दिन विहान अफिस पुग्ने वित्तिकै एउटा म्यासेज आयो अफिसियल काम होला भनेको त म्यासेजमा लेखिएको थियो ‘ओई मलाई खोला कटाई देत अरे’ म त कति हाँस्ने भन्या । कुरो के भने क्याण्डी क्रस भन्ने अहिलेको लोकप्रिय मध्येको एक खेलमा निश्चित लेवलसम्म खेलेपछि निश्चित लेवल पार गर्नको लागि साथीबाट अनुमति अर्थात टिकट लिनुपर्ने हुन्छ । ३ जना साथीले पठाईदिए पछि वल्ल अर्को लेवलमा पुगिन्छ र अरु माथिको लेवल खेल्न मिल्छ यदि साथीहरुले टिकट पठाईदिएन भने त्यही अडकिएर बसिरहनु पर्दछ । लाईफ सकियो भने त केही समयपछि आफै आउँछ तर यो टिकट भने कसै न कसैले पठाई दिन नै पर्ने हुन्छ । विचरा मेरो साथीलाई कसैले पनि पठाई दिएनछ क्यारे मलाई म्यासेज गर्यो भन्या । म पनि भर्खर अफिस पुगेको र अलि अलि व्यस्त भएकोले केही प्रतिक्रिया नजनाएको त फोन नै गरेर लौन मलाई खोला कटाई देत भन्छ वा । म त कति हाँस्ने अनि केही सीप नलाएर पठाई दिएँ टिकट । लौ जा पैसा लाग्ने टिकट पठाउन नसके पनि फ्रीमा पठाउन मिल्ने टिकट त म जति भए पनि पठाई दिन्छु नि । गेम त खेल्नुस तर कतिपय साथीहरु त काममा नै नगई कन अनि थुप्रै पैसा खर्च गरेर यो गेम खेलेको पाइएको छ । त्यसो भने कदापी नगर्नुहोला । जय क्याण्डी क्रस ।
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed