जवाफ दिने वेला …हान्नुस झापड

अगस्ट 22, 2013 at 10:02 बिहान टिप्पणी छोड्नुहोस्

एनआरएन जापानको चुनावी माहौलले वातावरण तातेको छ । ओसाकामा भएको अधिवेसनले नयाँ कार्यसमितिको चयनमा सहमति जुटाउन नसकेपछि एनआरएन जापान यतिखेर चुनावै गरेर नयाँ कार्य समितिको चयन गर्ने प्रक्रियामा लागेको हो । त्यसो त मतदाताहरूले घरमै वसीवसी आफूलाई मन पर्ने उम्मेदवारलाई भोट दिन सक्नेछन् । निर्वाचन कमिटीले मतपत्र चलानी भैसकेको कुरा जानकारी दिएको छ । घरमै हुलाक मार्फत आएको मत पत्रमा सोचेर विचार गरेर सही र सामुहिक उच्च विचार भएको उम्मेदवारको छनौटमा आफ्नो अमूल्य मत प्रयोग गर्न पाउनेछन ।
यदि मतदान केन्द्र नै खडा गरी भोट दिने व्यवस्था गरेको भए धाँधली हुने, डरधम्की देखाउने, करकापमा पारिने सम्भावना रहन्थ्यो । जित्नेलाई पक्कै जसदिने थिएन होला । एक पक्षले जितेको भए पाखुरा देखाएर जिते भन्ने ठाउँ रहन्थ्यो, अर्को पक्षले जितेको खन्डमा जालसाजी गरेर जिते भनेर एक आपसमा दोषारोपण गर्ने अवस्था आउने स्थिति थियो तर यसको निराकरणको लागि पोष्टल भोटको व्यवस्था गरेर निर्वाचन कमिटीले अति नै उत्तम वाटो रोज्न सफल भएको छ । मतदाताले घरमै वसेर भोट दिन मिल्ने भए पछि न त पाखुरेहरूले पाखुरा देखाउने मौका पाए न त वुद्धिजीवी भनाउँदाहरूले जालसाजीको दिमाग लडाउन पाए । वरू मतदाताहरूले मै हुँ भनि कुर्लिनेहरूलाई सडाउने वेला आएको छ । विदेशी भूमिमा आएर पनि नेपाली पारामा गुठ उपगुठ वनाएर समाजसेवाको नाममा सीधा नेपालीहरू माथि राजनीति गर्नेहरूलाई गतिलो झापड हान्ने यो भन्दा सुनौलो मौका अरू हुन सक्दैन र अर्को अवसर आउला नै भनेर भन्न पनि सकिन्न । मतदाताहरूले नेता भनाउँदाहरूको मुखमा लोप्पा खुवाउने यो अवसर कसै गरे पनि गुमाउन हुँदैन ।
हुनत जापानको मिडियाहरूमा उम्मेदवारहरूले दिएको आफ्नो उम्मेदवारी घोषणामा लेखेका कुराहरू हेर्दा नै यी नेता भनाउँदाहरूको औकात कति हो भनेर सबैले थाहा पाइ सकेका छन् । एउटा प्रेस विज्ञप्ति लेख्न नसक्नेले के के न गर्छु भनेर योजनाको ढ्वाङ्ग फुक्नु लाजमर्दो कुरा हो । यिनीहरूको एनआरएनप्रतिको मोह के का लागि भन्ने कुराहरू पनि दिनको घाम झैं छर्लङ्ग भैसकेको छ । आफूले एनआरएनमा लागेर के गर्ने भन्ने आफ्नो भावी लक्ष्य प्रष्टसँग लेख्न नसक्नेले पनि यो गर्छु र त्यो गर्छु भनेर कुर्लनु केवल बालुवामा महल बनाउँछु भनेर कल्पना गर्नु भन्दा अरू केही नसोचे हुन्छ । आफू भने सुब्बिनी के खाएर उभ्भिनी भन्ने उखान सार्थक भएको छ । काम भन्दा नाम र पद ठूलो चाहिएको छ सबैलाइ । अझ रमाइलो कुरा त के भने एनआरएनको कार्य समितिमा चयन भएर के गर्ने भन्ने कुरा समेत आफूले लेख्न नसकेर खेताला लगाएर लेख्न लगाएको कुराहरू पनि सबै जापानवासी नेपालीहरूलाइ थाहा छ । एउटा वक्तव्य त लेख्न नसक्ने व्यक्तिले सिंगो एनआरएनलाइ र यसको टीमलाइ हाँकेर अगाडि बढेर जाला भनेर कसरी कल्पना गर्ने ? कसरी विश्वास गर्ने ? त्यसै माथि अर्को कुरा यी नेता भनाउँदाहरूको ’boutमा जापानका मिडियाहरू, फेसवुक तथा अन्य सामाजिक संजालहरूमा आएको टिकाटिप्पणीबाट नै हेर्ने हो भने पनि धेरैजसो नराम्रो काम गर्न पोख्त भएकाहरू मध्येका पर्ने कुरा अनुमान लगाउन सकिन्छ । यिनीहरूबाट कोही न कोही ठगिएको कुराहरू आएको छ । एकजना ठग्नेले भोलि अरूलाइ नठग्ला भनेर कसरी विश्वास गर्ने ? विश्वास गर्ने आधारहरू केही पनि छैन किन भने एक पटक चोरेको चोरले अर्को पटक पनि नचोर्ला भनेर भन्न सकिन्न । यी सबै कुराहरूको गतिलो जवाफ दिने बेला यही नै हो । यदि यही मौकामा मतदाताहरूले हिरा फोर्न सक्नु पर्छ । मतदाताहरूले आफ्नै सामने आएको चानसमा डानस गर्न यदि सकेनन् भने जापानको सिंगो एनआरएनमा अझै भद्रगोल भइ उधोगतितिर नजाला भन्न सकिन्न । सबैलाइ बेलैमा चेतना भया ।

Entry filed under: अनुभव.

एनआरएन जापानको पोष्टल भोट दिने तरिका (भिडियो) चुनावको भोटिङ शुरू भै सक्यो के को उम्मेदवारीको घोषणा हो ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अगस्ट 2013
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031  

%d bloggers like this: