नेपालीहरू त जातै महाराज, हाम्रो शिक्षालाई कुरी-कुरी

अगस्ट 25, 2013 at 4:45 अपराह्न 1 comment

विदाको दिन वाहिर निस्कन पनि झ्याउ लाग्छ । वाहिर निस्के पनि मान्छेहरूको भीडमा हराउँछु । घरमै वसेर पनि केही गर्ने जाँगर लाग्दैन । त्यसै अल्याङ फल्याङ गर्यो विदा सिद्धिहाल्छ । हुन पनि जापानमा समय कति छिटो जान्छ भन्या । हुनत संसारकै समय एउटै हो तर पनि व्यस्तताको कारणले विदेशमा समय छिटो जान्छ भन्ने सबैको अडकल छ ।
के गरूँ के नगरूँ भनेर सोचिराखेको वेला एक जनाको फोन आयो । नचिनेको नम्वर थियो । मैले उठाएँ । उसले सोध्यो को वोल्नु भएको ? तपाई आफै फोन गर्नुहुन्छ अनि मलाई को बोलेको भन्नुहुन्छ, तपाई नै भन्नुस न को वोल्नुभएको ? -मैले उसैलाई सोधें । उसले भन्यो- म रमेश वोलेको । मैले भनें रमेश के ? पुरा नाम र काम भन्नुस् । उसले गाह्रो मान्दै आफ्नो पुरा नाम र काम भन्यो ।
होईन नेपालीहरू विदेश आएर अरू त त्यस्तै हो फोन गर्न पनि जान्दैनन् भन्या । देश अनुसारको भेष भने झैं साधारणतया फोन गर्न त जान्नुपर्छ । नचिनेको व्यक्तिलाई फोन गर्दा आफ्नो पुरा नाम, अवस्था अनुसार आफ्नो ठेगाना र भेटन खोजेको व्यक्ति र काम भन्ने चलन छ । अझ जापानी कम्पनी अर्थात व्यक्तिलाई फोन गर्नुपरेको खन्डमा सवैभन्दा पहिले आफ्नो पुरा नाम, ठेगाना, फोन नम्वर र कामको कुरा गरिन्छ तर नेपालीहरु सीधै तपाई को वोलेको रे । अझ अर्को कुरा जापानमा कसैसँग दोस्रो व्यक्तिको फोन नम्वर माग्नु र दिनु भनेको सीधै प्राईवेसीको दृष्टिकोणले अपराध हो । तर हामीहरू सजिलै जसलाई जस्को नम्वर पनि दिन्छौं । कतिपयले त फेसवुकमा फोन नम्वर, पासपोर्ट नम्वर, व्लड ग्रुप सम्म राखेका हुन्छौ । वास्तवमा भन्ने हो भने सुरक्षाको दृष्टिले यो अति नै खतरा हो ।
आजभोलि नेपालीहरूलाई नाम सोध्यो भने मरी गए नि आफ्नो थर भन्न खोज्दैनन् । आखिर किन ? विभिन्न दृष्टिकोणले विदेश नेपालीहरूको लागि एउटा अवसर हो । पैसा कमाउने अवसर, सीप सिक्ने अवसर, अनि अन्य कुराहरू । किनकी यसले असल समाज निर्माणको लागि अति नै महत्वपूर्ण भूमिका खेल्छ । चाहे विदेशमै सेटल भएर वसुन, चाहे नेपाल फर्केर जाउन तर अनुशासन, नैतिकता र आफूले सिकेको सीप सँधै आफूसँगै हुन्छ । नेपाली त जातै महाराज भन्छन हुन पनि सोह्रै आना सत्य हो । अर्काको देशमा आएर पनि हामीलाई साँढे हुनुपर्ने । यसो सोच्ने हो भने हामीलाई जापानीहरूले त्यति हेला गर्दैनन् जति हामी नेपालमा भारतीयहरूलाई गर्छौ । सीमित ठाउँ र समय वाहेक जापानीहरूले हामीलाई न त नराम्रो व्यवहार गर्छन न त वचन नै लाउँछन । जहाँ हामी तराईतिरकै हाम्रा नेपाली दाजुभाईहरूलाई धोति भन्दै गाली गर्ने, चटपटे खोसेर (झिकेर) खाईदिने, नराम्रो वचन र व्यवहार गर्ने गर्दछौं ।
यस्ता कुराहरू लेख्ने हो भने लेखेरै सकिंदैन । जन्मँदै जानेर कोही आएको हुँदैनन् । तर समय र परिस्थिति अनुसार सिक्दै र व्यवहारमा लागू गर्दै नजाने हो भने हामी कहिले परिवर्तन हुन्छौं त ? धेरैजसो आई.ए., वि.ए. पढेकाहरू अझै हालैका दिनहरूमा त पीएचडी गर्ने डाक्टर सापहरू पनि सस्तै छन् जापानमा । यी झीनामसिना कुराहरूको पनि ख्याल गर्न सक्दैनौं भने हामीले पढेर प्राप्त गरेको त्यो सर्टीफिकेटले मात्र केही लछारपाटो लाउनेवाला छैन । शिक्षा अरू केही होईन वानीहरूको निर्माण हो -भनिन्छ । पढेर, देखेर, भोगेर पनि हामी हाम्रो वानी परिवर्तन गर्न सक्दैनौं भने दोष कस्लाई दिने ? साधारण जापानीको भन्दा कमसल खालको सोचाई हाम्रो हुन्छ भने के हामीले आर्जन गरेको उच्चशिक्षा र धारण गरेको प्रमाणपत्रले हामीलाई कुरी-कुरी भनिराखे झैं लाग्दैन र ?

Entry filed under: अनुभव.

आउनुहोस् सासिमी हेरूँ… जापानमा नेपाली माथि अज्ञात व्यक्तिले सांघातिक आक्रमण

१ टिप्पणी Add your own

  • 1. नेपाली केटो  |  अगस्ट 25, 2013 मा 5:01 अपराह्न

    सोह्रै आना सही हो यो कुरा । तर नेपालीलाई जति नै लेखेर पनि सुन्नेकान लाए पो ? नेपाललाई जापान जस्तो वनाउने होईन जापानलाई नेपाल जस्तो वनाउछन विस्तारै ।

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अगस्ट 2013
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031  

%d bloggers like this: