जापानमा नेपाली माथि अज्ञात व्यक्तिले सांघातिक आक्रमण

अगस्ट 26, 2013 at 5:41 अपराह्न टिप्पणी छोड्नुहोस्

नेपालीहरू जहाँ गए पनि लड्न र भीडन नम्वर एकमा आउँछन् । इतिहास देखि नै हामी लड्न सुरो भनेर विश्वमा चिनिंदै आएका पनि छौ । त्यसैले त भनेका छन् एकजना विदेशीले “मर्न डर लाग्दैन भनेर कसैले भन्छ भने त्यो कि त पागल हो कि त गोर्खाली” । हामी हिंग नभए पनि हिंग हालेको टालो हौं । लडाइ झगडा र हामी गोर्खाली एक अर्काको परिपुरक हौं ।
यतिखेर जापानमा पनि नेपालीहरूको उल्लेख्य वृद्दी भइरहेको छ । टोकियोको सिन्जुकु वार्ड यतिखेर नेपालीहरूको उल्लेख्य वसोवास भएको ठाउँ मध्ये एक हो । केही समय अगाडिको आँकडाले देखाए अनुसार टोकियोको सिन्जुकु वार्डमा मात्रै हजार, पन्ध्र सय नेपालीहरू वस्छन् । कोरिया टाउन भनेर सिनओकुवो-ओकुवो क्षेत्रलाइ भनेर भनिए पनि अहिले नेपालीहरू पनि कम छैनन् । यस्तै हिसावले बढ्ने हो भने भोलि नेपाली टाउन हुनसक्छ यतै कतै । हुन पनि सिनओकुवो क्षेत्रमा हिंड्दा खेरी नचिनेको नेपालीहरू नभेटिएको नठोकिएको दिनै हुँदैन । जता हेर्यो उतै नेपाली । कहिले कांही त मलाइ म जापानमा होइन नेपालमा नै छु कि जस्तो भान हुन्छ ।
यो कुरा एक हिसावले राम्रो पनि हो । नेपाली दाजुभाइहरू भेटिन्छन् सुख दुःखका कुरा गर्न पाइन्छ त्यस्तै अरू पनि । तर संख्या बढेसँगै समस्या पनि नआउने भने होइन । त्यो कहिले नेपालीले पिटपाट गर्ने त कहिले अरूले ।
त्यसो त सबैले सतर्क भने हुनैपर्छ । हिजो मात्रै सिन्जुकु नजिकै किनमेल गरेर आएको एक व्यक्तिलाइ अज्ञात व्यक्तिले धारिलो हतियार र शिशाको बोतल प्रहार गरेर घाइते बनाइदिएको छ भन्ने खवर सुनिन आयो । कस्ले किन र के का लागि भनेर थाहा नपाइसकेको कुरा जापानी मिडियाहरूले पनि समाचार दिएको छ । घाइतेलाइ अस्पताल भर्ना गरिएको बुझिएको छ ।अवस्था भने सामान्य रहेको जनाएको छ । दुवै खुट्टमा काटिदिएको भनिएको छ । २५ वर्षीय नेपाली सेनमोन गाक्कोको विद्यार्थी भएको कुरा पनि खुलेको छ । आक्रमण गर्ने व्यक्तिलाइ नचिनेको कुरा पनि गरेका छन् रे घाइते पक्षकाले । तर त्यत्तिकै विना कारण त घर नजिकै आएर त्यसरी हिर्काउनु त नपर्ने हो । के भएछ त्यस्तो ? हेर्दै जाउँ विस्तृत अन्य समाचार आउने नै छ ।
जापानी समाचारहरूले दिएको यो भिडियो हेर्नुस् ।

Entry filed under: प्रमुख समाचार.

नेपालीहरू त जातै महाराज, हाम्रो शिक्षालाई कुरी-कुरी भालुको रीस खनिया माथि… कति दुःख दिन्छौ दिन पनि?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अगस्ट 2013
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031  

%d bloggers like this: