भालुको रीस खनिया माथि… कति दुःख दिन्छौ दिन पनि?
अगस्ट 26, 2013 at 11:19 अपराह्न टिप्पणी छोड्नुहोस्
“भालुको रीस खनिया माथि” भन्थे साँच्चै रहेछ । वाँचिवस्नु पर्छ नानाभाँती देख्न पाईन्छ हाम्रो नेपालमा । अहिलेसम्म केही निहु नपाएका अध्यागमनका कर्मचारीहरू घुस खान नपाएको रीसमा अहिले यतिखेर रगत खान नपाएको बाघ झैं भएका छन् । भाषाको कारण निकालेर विदेश जानेहरूलाई विनाकारण रोक्न थालेको छ । भीषामा लेखिएको भाषा नबुझिने भाषामा लेखिएको भन्दै विशेष गरी खाडी मुलुकहरूमा जान लागेकाहरूलाई एयरपोर्टमै अलपत्र पारिदिएका छन । जे सन्की चल्छ त्यही नियम लागू गर्न थालेका छन आजभोलि । भ्रष्टचारको अभियोग लागेर भकाभक कर्मचारीहरू पक्रन थालेपछि अक्तियारको ध्यान अन्तै मोड्न यस्तो गरिएको पनि हुन सक्छ । कति त विदामा वस्न थालेका छन् । कतिले पत्रिकामा विज्ञापन नै छपाएर अक्तियारलाई घुर्की देखाएका छन् ।
३५ जना कतार जान लागेका कामदारहरूलाई एयरपोर्टमै अलपत्र पारे । भिषामा लेखिएको भाषा वुझिएन रे । खाडी मुलुक भएकोले अरवी भाषा र अंग्रेजीमा पनि लेखिएको थियो तर उनीहरूले वुझेनन् रे । दुईचार रुपैयाँ दक्षिणा पाएको भए वुझ्थे होला के गर्नु ? सरकारी स्तरवाट नै अव नेपालीमा पनि लेख्नु पर्यो भनेर पहल गर्नुपर्ने भयो । अंग्रेजीमा लेखेर के गर्नु विचराहरूको अंग्रेजी मेरो झम्केपानी अंग्रेजी भन्दा कमजोर छ । नेपाली कर्मचारी महाशयको अंग्रेजी हेर्न यहाँ जानुहोस् ।
बेलायतमा नलेखिएको संविधान छ भन्छन । नेपालमा नलेखिएको नियम छ । जे सुर चल्छ त्यही नियम जमानाको गाउँले काजीको नियमजस्तो । आफुलाई मन परे एउटा नियम मन नपरे अर्को नियम । जसले दुःख पाओस कि सुख पाओस आफ्नो दुनो सोझ्याउन कति माहिर छन हाम्रा कर्मचारी साहेवहरू । हामीले तिरेको करबाट तलव खान्छन् । हामीलाई नै दुःख दिन्छन हैन तिमीहरूले जे गरे पनि हुने हो कि क्याहो नेपालमा ? कुनै निकाय वन्दैन कि क्याहो यिनलाई ठीक पार्न ?
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed