कत्तिको मेल खाला त अन लाइनको मत सर्वेक्षणले ?
अगस्ट 27, 2013 at 1:52 अपराह्न टिप्पणी छोड्नुहोस्
एनआरएन जापानको मतदान गर्ने समय सकिएको छ । हुलाक मार्फत पठाइएका मतपत्रमा मत राखेर निर्वाचन कमिटीलाई मत पठाउने कार्य भैरहेको जानकारी आएको छ । मतदाताहरुले पठाएको मत सबै निर्वाचन कमिटी समक्ष आईसकेपछि मत गणना कार्य होला । विजयको माला पहिरिन आतुर विजेता उम्मेदवारहरुमा अझै पनि जितिने हो कि हारिने पो हो भन्ने त्रास मत गनेर परिणाम नआएसम्म रहिरहनेछ । अनुमानकै भरमा फलानो उम्मेदवार र ढिस्कानो उम्मेदवारले जित्छ भनेर बाजी मार्नेहरु पनि नभएका भने होइनन । तर हारजितको छिनोफानो भने मत गणना भएर निर्वाचन कमिटीले नजिता सार्वजनिक नगरेसम्म यसै भन्न सकिन्न । सबैले हचुवाकै भरमा भन्ने त हुन यसले जित्छ र उसले जित्छ भनेर ।जापानबाटै सञ्चालित एक अन लाइन साइटले एनआरएन जापानको मत सर्वेक्षण पनि गरेको छ । त्यसैलाई आधार मानेर फलानोको जित अवश्य भनेर भन्नेहरु पनि छन । तर यो सर्वेक्षणलाई नै आधार मानेर यसै हुन्छ भनेर भन्न सकिने अवस्था छैन । किन भने सर्वेक्षणमा मत राख्नेहरु र साँच्चैको एनआरएनको चुनावमा मत राख्नेहरु धेरै फरक मान्छेहरू छन् । तर सर्वेक्षण हेर्दा जापानको समाजमा अहिले उठेका उम्मेदवारहरुको पपुलरिटी कस्को कति छ भन्ने कुरा अलि अलि आँकडा देखाएको हो कि झैं भन्ने भान हुन्छ । कतिपय उम्मेदवारहरुले त आफन्त र साथीभाईहरुलाई सर्वेक्षणमा गएर आफूलाई मत दिन अनुरोध गरेको कुराहरु पनि बजारमा आएको छ । केवल सर्वेक्षणलाई मात्र हेरेर सर्वेक्षणको विजयलाई नै मेरो विजय हो भनेर मख्ख पर्नेहरु भोलि वास्तविक नजिता आउँदा पछारिन पुगे भने त्यो भन्दा नराम्रो के होला र । तर पनि ढिला चाँडो अनलाइनले पनि मत सर्वेक्षणको नजिता प्रकाशित गर्ला नै अनलाइनको मत सर्वेक्षण र वास्तविक चुनावको नजिता कतिको मेल खान्छ त्यो भने हेर्न बाँकी नै छ …..
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed